Corona (COVID-19) Updates

कोरोना भाइरस हामी-सँग लामो समय रहन्छ : डब्लू.एच.ओ.

विश्व स्वास्थ्य संगठन (डब्लू.एच.ओ.`) का प्रमुख डा. टे`ड्रोस अधानोम घे`ब्रे`सेयसले कोरोना भाइरस हामीसँग लामो समय रहने बताउँदै यस बिरु`द्धको लडा`ईंमा कुनै पनि लापर वाही नगर्न चेतावनी दिएका छन् ।

अफ्रि`का, पूर्वी युरो, म`ध्य अमेरिका र द`क्षिण अमेरिकामा कोभिड–१९ को संक्र`मितको सं`ख्या बढेकोमा पनि उनले चिन्ता व्यक्त गरेका हुन् । चाँडै लकडाउन हटाए, भाइरसको संक्र`मण पुनः सक्रि`य हुने उनको भनाइ थियो ।

पत्रकार सम्मेलनमा डा. टेड्रोसले पश्चिमी युरोपमा महा`मा`री स्थि`र वा घट्दो` क्रममा रहेपनि धेरै राष्ट्रहरुमा यो सुरुवाती चरणमा रहेको बताए । ‘महा`मा`रीको सुरुवातमा नै प्रभावित बनेका देशहरुमा पनि पुनः संक्र`मितको सं`ख्या बढ्दो छ,’ उनले भने, ‘गल्ती नगरौँ, हामी अझै लामो बाटो जानु छ । यो भाइरस हामीसँग लामो समय रहनेछ ।’

उनले थपे, ‘लकडाउन र सामाजिक दुरी कायम गर्ने उपायले संक्र`मणको दर धेरै देशमा कम गरेको छ । तर, भाइ`रस अझै पनि खतराको रुपमा कायम छ । संक्र`मण पुनः फैलिन सक्छ । अहिलेको सबैभन्दा ठूलो खतरा भनेको हामी लापर`वाह हुनसक्ने हो ।’

डा. टेड्रो`सले वि`श्व स्वास्थ्य संग`ठनले महा`मा`री विरुद्ध गरिरहेको कारवाहीको पनि बचाऊ गरे । उनले समयमा नै कोभिड–१९ को बारे वि`श्वलाई चेता`वनी दिएको दाबी गरे ।

वि`श्वका धेरै राष्ट्रका सरकारहरुले डब्लू.एच.ओ.ले गरिरहेको कामका लागि प्रशंसा गरे पनि अमेरिकाबाट राजीनामाका लागि ठूलो दबाब आइरहेको छ । यसबारे प्र`श्न गर्दा उनले आफू मानिसको ज्यान बचाउन दिन र रात काम गरिरहने बताए ।हालसम्म वि`श्वमा २६ लाखभन्दा बढी संक्र`मित फेला परिसकेका छन् भने १ लाख ८१ हजारभन्दा बढीले ज्या`न गुमा`इसकेको जोन्स ह`प्किन्स वि`श्व`विद्यालयले जनाएको छ ।

बीबीसी

Related Articles

Back to top button
Close