Corona (COVID-19) Updates

कोरोनाबाट निको भए, तर छालाको रंग बदलियो!!

एजेन्सी । उहान शहरमा बिरामीको उपचार गर्दा– गर्दै कोरोनाबाट संक्र`मित हुन पुगेका दुई डाक्टर उपचारपछि निको भएका छन् । तर, उनीहरुको छालाको रंग बदलिएर कालो भएको छ ।

डाक्टर यी फान र डाक्टर हु विई`फिङको उमेर ४२ वर्ष भयो । उनीहरुमा उहान केन्द्रीइ अस्पतालमा काम गर्दै गर्दा १८ जनवरीमा कोरोना संक्रमण पुष्टि भएको थियो । चिनियाँ सरकारी सञ्चारमाध्यम सिसिटिभीका अनुसार दुबैलाई उहान पुल्मोनारी अस्पताल लगियो र त्यसपछि दुईपटक अन्यत्र सारियो ।

भाइरसले कलेजोमा क्षति पु¥याएपछि उनीहरुमा हर्मोनल असन्तुलन देखिएको र छालाको रंग बदलिएको समाचारमा उल्लेख छ । तर, सुरुवातदेखि उनीले सेवन गरेको औषधीको असरका कारण छाला कालो भएको एक डाक्टरको अनुमान छ । कार्डियो`लोजिस्ट यीलाई संत्रम`ण देखिएपछि बचाउनका लागि ३९ दिनसम्म लाईफ सर्पोट मेसिन (एक्स्ट्रा`कोर्पोरियल मेम्ब्रा`न अक्सि`जेसन– इसिए`मओ) प्रयोग गरिएको थियो ।

ओपन हर्ट जसरीमा प्रयोग हुने हर्ट–लङ बाइपास मेसिनले जस्तै यो मेसिनले पनि पम्प गर्ने र बिरामी`को रग`तलाई शरीर बाहिर अक्सिजेनेट गर्ने गर्छ ।जब म पहिलो पटक होशमा आएँ र आफ्नो अवस्था थाहा पाएँ, त्यसपछि आत्तिए, मलाई अन्धकारजस्तै महसुस समेत भएको थियो,’ यीले अस्पतालको बेडबाट सि.सि.टि.भी.सँग भनेका छन् ।

उपचारमा संलग्न डाक्टर लि सुसइङका अनुसार युरोलो जिस्ट हु, ९९ दिनसम्म अस्पतालको बेडमा छन् र ७ फेब्र`अरीदेखि २२ मार्चसम्म इसिएमओ थेरापी गर्नुपर्दा अहिले निकै कमजोर छन् । उनले ११ अप्रिल`बाट बल्ल बोल्न थालेको डाक्टरले बताए । उनले बिस्तारै छालाको रंग पुरानै अवस्थामा फर्कने अनुमान गरिएको बताए ।

यी र हु दुबै डाक्टर लि वेनलि`याङसँगै काम गथ्र्यें । लि वेनलि`याङले नै पहिलोपटक कोरोनाका विषयमा गोप्य जानकारी बाहिर ल्याएर सर्वसाधारणलाई सचेत गराएका थिए, यी डाक्टरलाई यस बापत चीन सरकारले सुरुमा कारबाही पनि गरेको थियो । कोरोनाकै कारण ७ फेब्रु`अरीमा उनको निधन भयो ।अहिले यी र हु दुबैलाई उनीहरुले अनुभव गरेको पीडाबाट उका`स्नका लागि मानसिक रुपमा चिकि`त्सकहरुले सहयोग गरिरहेका छन् ।

स्रोत : न्युयोर्क पोष्ट

Related Articles

Back to top button
Close