News

काठमाडौंबाट बाहिरिनेको सं ख्या ह्वात्तै बढ्यो, जडि`बुटीमा भीड

काठमाडौं । स्थानीय निकायहरुले काठमाडौंमा अलपत्र परेका आफ्नो क्षेत्रका मानिसहरुलाई सवारी साधनको व्यवस्था गरी लैजाने व्यवस्था मिलाउन थालेपछि काठमाडौंको जडिबुटी क्षेत्रमा घर जानेको भीड लागेको छ । लकडाउन लम्बिदै गएपछि काठमाडौंमा समस्यामा परेका केही मानिसहरु हिँडेरै घर जान थालेको र त्यसले थप जोखिम निम्त्याउने भएपछि अधिकांश स्थानीय तहले आफैं सवारी साधनको व्यवस्था गरी लैजान थालेका हुन् । मंगलबार काठमाडौंको जडिबुटीमा घर जाने मानिसहरुको भिड लागेको छ भने स्थानीय तह र जनप्रतिनिधिहरुले सवारी साधनको व्यवस्था गरेका छन् ।

मानिसहरु आफ्नो क्षेत्रमा जानका लागि सवारी साधनको प्रतिक्षा गरिरहेका देखिन्छन् । लकडाउन सुरु भएको एक महिना हुनै लाग्दा पनि खुल्ने सम्भावना नदेखिएको र दैनिक काम गरेर खानुपर्नेहरुलाई समस्या परेपछि हिंडेरै घर जानेहरुको सं`ख्या बढ्दै गएको थियो । तर यसबाट थप जोखिम हुन सक्ने भन्दै केही जन-प्रतिनिधि र स्थानीय तहले आफै सावारी साधनको व्यवस्थापन गरेर मानिसहरुलाई गन्त`ब्य सम्म लैजाने व्यवस्था मिलाएका हुन् ।

यस्तै समस्यामा परेका मानिसहरुलाई पहुँ`चको आधारमा मात्र लैजान थालिएको भन्दै गाउँ`पालिका रा`ष्ट्रिय महासंघले त्यसो नगर्न आ`ग्रह गरेको थियो । सरकारले लकडाउन अवधिभर जो जहाँ छ त्यहिं बस्नु`पर्ने र खा`द्य साम`ग्रीको अभाव भए सरकार र स्थानीय तहले राहतको व्यवस्था गर्ने बताउँदै आएको छ । तर राहत थोरै हुने र यसले जिविको पार्जनका लागि नपु`ग्ने भएपछि मानिसहरु हिंडेरै घरतिर जान थालेका थिए ।

यसबाट झन ठूलो समस्या आउने भएपछि कतिपय जन प्रतिनिधि र स्थानीय तहले आफ्नो क्षेत्रका मानिसहरुको उद्दा`र गर्न लागेका हुन् । जसले गर्दा मंगलबार काठमाडौंको जडिबुटी क्षेत्रमा घर जानेको भिड लागेको हो । पानी परिरहेको अवस्थामा पनि सयौंको सं`ख्यामा मानिसहरु सवारी साधनको प्रतिक्षा गरिरहेका थिए । सुरक्षा`कर्मीहरुले समेत सहजी`करणको काम गरिरहेको देखिन्थ्यो । स्थानीय तह र जन`प्रतिनिधिहरुले न्यू`नतम स्वा`स्थ्य प्रोटो`कलको पालना गर्दै सुर`क्षित साथ गन्त`व्यमा पु¥याउने कामलाई व्यवस्थित बनाउन लागेको देखिन्छ ।

Related Articles

Back to top button
Close