News

सुनसरीको तरहराको चारकोशे झाडीमा ११ जना लुकिरहेको अवस्थामा भारतका मुस्लिम नागरिक भेटीए

सुनसरीको इटहरी उपमहानगरपालिका २० तरहराको जंगलमा ११ जना भारतीय नागरिक भेटिएका छन् । लक डाउन भएसँगै सुनसरीको तरहराको चारकोशे झाडीमा फेला परेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । फेला परेका विदेशी नागरिक सबै भारतका मुस्लिम समुदायका हुन् ।

उनीहरू भोजपुरमा काम गर्नका लागि आएको र लक डाउनले जान नपाए पछि तरहराको खोटो कम्पनी छेउमा बस्दै आएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी धर्मराज भण्डारीले जानकारी दिनुभयो । उनीहरु करिब एक महिनादेखि त्यही बस्दै आएका डिएसपी भण्डारीले बताउनुभयो ।
फोटो श्रो संचारपाटि

उनीहरुलाई एम्बुलेन्समा राखेर इटहरी अस्पताल लगिएको भण्डारीले बताउनुभयो । उनीहरुको द्रुत परीक्षण गरी क्वारेन्टाईनमा राखिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । उनीहरु तरहरामा बस्दै आएको स्थानीयहरुले बताएका छन् ।

केही दिन अघि पनि मोरङ र सुनसरीको मस्जिदमा फेला परेका विदेशी नागरिकलाई दुवै जिल्लाको प्रशासनले ज्वरो र स्वाब जाँच गराएर होम क्वारेन्टा इनमा राखेको छ । भारतीय नागरिकहरु लुकिछिपी नेपाल भित्रन सक्ने भन्दै प्रहरीले बोर्डर क्षेत्रमा कडाई गरिरहेको जनाएको छ । गोरखापत्र अनलाइनमा यो खबर छ

Related Articles

Back to top button
Close