वैशाख १५ देखि निजीमा नयाँ भर्ना शुरू हुने
काठमाडौं – निजी विद्यालयले एक सातापछि अर्थात् वैशाख १५ देखि नयाँ भर्ना र परीक्षाफल प्रकाशित गर्न शुरू गर्ने भएका छन् । कोरोना संक्र`मणका का`रण करिब एक महिनादेखि देश“भरका विद्याल`यका परीक्षा र भर्नालगायतका सम्पँर्ण काम ठप्प छ । सरकारले यही १५ गतेसम्म लकडाउन कायम राखेको छ ।
अधि`कांश विद्यालयले कक्षा १–९ को परीक्षा सम्पन्न गरे पनि परीक्षा`फल प्रकाशित गर्न पाएका छैनन् । चैत पहिलो साता केही ठँला विद्यालयले कक्षा १ र माथिल्लो कक्षाको प्रवेश परीक्षाको मिति तय गरेका थिए । चैत ६ गतेबाट विद्यालय बन्द भएपछि प्रवेश परीक्षा लिएका केही विद्यालयले परीक्षाफल प्रकाशित गर्न सकेका छैनन् भने केहीको परीक्षा रद्द भएको थियो ।
निजी तथा आवासीय विद्यालय अर्गना`इनेसन नेपाल (प्याब्सन)का अध्यक्ष टीका`राम पुरीले लकडाउन लम्बिए वा नलम्बिए पनि यही १५ गतेबाट बाँकी रहेका विद्यालयको परीक्षाफल प्रकाशित गर्न पत्राचार गर्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘वैशाख १५ बाटै अनलाइनमार्फत भर्ना, प्रवेश परीक्षा र परीक्षाफल प्रकाशित गर्ने काम गर्नेछौं ।’ सरकारले लकडाउन खुला गरे पनि तत्काल विद्यालय खोल्न अनुमति दिँदैन ।
प्याब्सन अध्यक्ष पुरीले हिजो सोमबार शि`क्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिरराजमणि पोखरेललाई कक्षा सञ्चा`लन र प्रवेश परीक्षा लिने विषयमा जानकारी गराइ`सकेको बताउनुभएको छ । ‘मैले मन्त्री`ज्यँसँग कक्षा रोकिएको परीक्षाफल प्रकाशित गर्नेदेखि नयाँ शैक्षिक सत्र शुरू गर्नेसम्मको विषयमा कुरा गरिसकेको छु, उहाँले मन्त्रालयमा बैठक राखेर निर्णय गर्छु भन्नुभएको छ।’–मन्त्री पोखरेलसँग भएको कुराकानीको विषयमा जानकारी गराउँदै प्याब्सन अध्यक्ष पुरीले भन्नुभयो ।
‘अब विद्यार्थीलाई बहलाएर राख्ने कुरा हुँदैन, तत्काल अनलाइन वा अन्यकुनै पनि माध्यमबाट कक्षा शुरू गर्नु पर्छ।’–उहाँको भनाइ छ । प्याब्सनको हिजो भएको अनलाइन बैठकले कक्षा सञ्चालन गर्ने विषयमा कुराकानी गरेको थियो । प्याब्सनले सबै प्रदेश, जिल्ला, स्थानीय कमिटीलाई पत्राचार गरी नयाँ परीक्षा सञ्चालन, प्रवेश परीक्षा र नयाँभर्ना गर्ने विषयमानिर्देशनदिने भएको छ ।
‘अब कुरेर बस्ने कुरै आउँदैन, अधिकांश अभिभावकले अनलाइन माध्यमबाटै कक्षा सञ्चालन गर्न अनुरोध गर्दै आउनुभएको छ, यस्तो अवस्थामा विद्यार्थीलाई विद्यालयमा नबोलाईकनै कक्षा सञ्चालन गर्ने विषयमा निर्णय गरेका छौं।’ –अध्यक्ष पुरीको भनाइ थियो । नेपाल समाचारपत्रमा खबर छ ।