News

उर्जामन्त्री वर्षमान पुनले अलपत्र परेका श्रमिकलाई बस चढाएर पठाए रोल्पा

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले लकडाउनमा अलपत्र परेका रोल्पामा श्रमिकहरुलाई बस चढाएर गृहजिल्ला पठाएका छन् ।

काभ्रेबाट पैदल हिँडेर आइतबार काठमाडौंको साँखु आइपुगेका रोल्पाका ४६ र दाङका ४ जना मजदुरलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंको समन्वयमा २ वटा बसमा उनीहरुलाई रोल्पा पठाइएको हो । काभ्रेको इटा भट्टामा काम गर्ने उनीहरुलाई आइतबार बिहान शंखरापुर नगरपालिकाले स्वास्थ्य परिक्षण गरी खाना खुवाएर राखेको बारे रातोपाटीमा समाचार प्रकाशन भएको थियो ।

मन्त्री पुनले प्रधानमन्त्रीको निर्देशन बमोजिम बाटोमा अलपत्र परेका नागरिकको उद्धार गर्ने नीति अनुसार दाङ र रोल्पाका मजदुरको उद्धार गरेर घरसम्म पठाउने काम गरेको रातोपाटीलाई जानकारी दिए ।

उनले भने–‘रोल्पाका मजदुरहरु अलपत्र अवस्थामा हिडिरहेको सुचना मलाई शंखरापुर नगरपालिकाका मेयर र त्यहाँका प्रहरी साथीहरुले दिएका थिए ।उनीहरुलाई साँझसम्म बसको व्यवस्था गरेर जिल्ला प्रशासन कार्यालय काठमाडौंको समन्वयमा घर पठाएका छौँ । आज साँझ साढे ७ बजे उहाँहरुलाई लिएर बस हिँडेको छ ।’

यस्तै भक्तपुर र लतिलपुरमा पनि विभिन्न स्थानबाट अप्ठेरो परेर आएकाहरुलाई ६ वटा बसमा पठाईएको मन्त्री पुनले जानकारी दिए । ललितपुरमा अलपत्र परेकाहरुलाई एउटा र भक्तपुरमा अलपत्र परेकाहरुलाई ६ वटा बस र काठमाडौंको साँखुबाट २ वटा बसमा उनीहरुलाई गन्तब्यसम्म पु¥याइएको हो ।

मन्त्री पुन स्वंय भक्तपुर पुगेर अलपत्र परेका श्रमिकहरुलाई बिदाई गरेका थिए । सरकारको नीति अनुसार प्रदेश र स्थानीय तहहरुसँग समन्वय गरेर उनीहरुको उद्धार गरिएको मन्त्री पुनले जानकारी दिए ।

Related Articles

Back to top button
Close