Videos

आँचलको होस उड्यो, श्रीमान उदिपकी प्रेमिका बच्चा सहित आइन् [भिडियोसहित]

पोखरा । नवबिबाहित अभिनेत्री आँचल शर्माका लागि अत्यन्तै दुखद खबर आएको छ । उनले भर्खरै मात्र डा. उदिप श्रेष्ठसँग धुमधामका साथ बिबाह गरेकी थिइन् । त्यो निक्कै गसिप बनेको थियो । उनीहरुको बिबाहमा देखिएको तडक भडक देखि पुर्व प्रेमिकाको बारेमा हिजो आज निक्कै चर्चा भईरहेको छ ।

करिब एक वर्षको प्रेम सम्बन्धलाई उनीहरुले केहि साता अगाडी मात्र विवाहमा परिणत गरेका हुन् । निक्कै हुने खाने परिवारका यी दुवैले आफ्नो विवाहमा राम्रै खर्च गरेका थिए । स्टार होटेलमा रिसिप्सन देखि हेलीकप्टरमा गरिएको सवारीले फिल्मी नगरीमा एउटा तहल्का नै मच्चायो ।यी दुइजना नया जीवन सुरु गर्दै गर्दा अर्को गसिपले पनि बजार तातिएको छ ।

उनको पहिलो प्रेमिका भने फिलिपिनी हुन् । दोस्रो प्रेमिका भने नेपाल कै हुन् । ति नेपाली प्रेमिका अरु कोहि नभएर नेपाल कै चर्चित भलिवल खेलाडी तथा नायिका सिपोरा गुरुङ्ग हुन् । उदिप श्रेष्ठले सार्बजनिक रुपमै नाम नलिएपनि सिपोरा गुरुङ्गले भने यस अघि नै नेसनल टेलिभिजनमा यो कुरा सार्बजनिक गरेकी थिइन ।

यसै बीच उदिपको पुर्व प्रेमिका भनिएकी फिलिपिनी युवतीको तस्विर सामाजिक संजालमा सार्बजनिक भएको छ । प्रेमिकाको मात्र हैन तस्विरमा एउटा शिशु पनि देखिन्छ । तर ति शिशु उदिप र उनको प्रेमिका कै हो वा अन्य कसैको हो भन्ने भने स्पष्ट छैन । जुन शिशुसंग उदिप पनि संगै छन ।

Related Articles

Back to top button
Close