Videos

२५०० भाडा तिर्न नसक्दा घरबेटीले कोठाबाट भाँडा`कुँडा फाल्दै घरबाट निकालिदिए, सडकमा धर`धरी रुँदै गरेको अवस्थामा भेटिए पि`डित (भिडियो`सहित)

पोखरा । केहि समय अगाडी सरकारले घरधनीलाई १ महिनाको घरभाडा मि`नाह गर्न आग्रह गरेको थियो । लकडाउन लागेपछि मन्त्रिपरिष`दको बैठकले कोरोना भाइरसको रोक`थामका लागि प्रभावित भाडामा बस्नेह`रुलाई सहयोग गर्न भन्दै सो निर्णय गरेको थियो । घरबेटीले यसरी मिनाह गरेको घरभाडाको प्रमाणको आधारमा सरकारले घरवाहल कर नलिने सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका थिए ।

मन्त्रि`परिषद बैठकले शहरी क्षेत्रमा रहेका श्रमिक र साना व्यवसायी`हरूलाई एक महिनाको घर भाडा मिनाहा गर्न सम्बन्धित घरधनीलाई आग्रह गर्‍यो । तर, अधिकां`श घरबेटीहरुले भने सरकारको आग्रहलाई स्वीकार्ने छाँट`काँट देखाएका छैनन् । बरु कतिपय घरबेटीले कोरोना सर्छ भन्दै भाडावाललाई कोठामा नब`स्न दबाव दिन थालेका छन् । दैनिक ज्यालादारीमा काम गने वर्ग बसोबास गरिरहेका घरका घरबेटीले सरकारको आग्रह`लाई गम्भीर रुपमा लिएका छैनन् ।

डेरावाल`हरुले यस्तो विषम परिस्थितिमा घरबेटीले न्यूनतम् मानवीय सम्वेदना पनि नदेखाएको भन्दै ‘अनुरोध गर्ने’ भन्ने सरकारी निर्णयको आलोचना गरेका छन् । ‘भाडा छुटको कुरा आएपछि घरेबटीहरुले मुन्टो बटार्ने अवस्था छ । सरकारले भाडा छुटको व्यवस्थालाई स्थानीय तहको सहयोग लिएर कार्यान्वायन गर्नुपर्ने डेरावालहरुको माग छ । धेरै घरेबटीले ऋ`ण लिएर घर बनाएको तर्क गरेर भाडा छुट गर्ने विषयलाई बेवास्ता गरिरहेको कतिपए बताउछन् ।

यसै क्रममा करिब १५ दिन भयो नबिन गुरुङ र श्री गुरु`ङलाई घरबेटीले निकाल्दिएको । लकडाउनको बेला सबै घर गए, उनीहरुको घर स्या`ङजा रहेछ तर घर जाने पैसा पनि नभएको र त्यही बेला दुई महिनाको घरभाडा घरबेटीले मागेपछि तिर्न सकेनन् । महिनाको २५ सयका दरले दुई महिनाको पाँच हजार नतिरेपछि घरबेटीले घरबाट निकालेको र आफूहरु अलपत्रमा परेको नबिन गुरुङ बताउँछन् । १५ दिनसम्म उनीहरुले पृथ्वीचोक, नदीपुर लगायतका ठाउँहरुमा सडकमै मागेर पकाएर खाए ।

प्रहरीले बेला बेलामा आएर जान भने पनि कसैले केही सहयोग नगरेको उनीहरुको गुनासो छ । आईतबार भने पोखरा महानगरपालिकाले १२ किलो चामल एक किलो नुन र दुई किलो दाल दिएको छ । यद्यपी उनीहरुले पाएको सामाग्री कसरी पकाएर खान्छन् त्यो भने महानगर`संग जवाफ छैन । हेर्नु`हास् यो भिडियो:`

Related Articles

Back to top button
Close