Science & Tech News

इन्टरनेट सेवा प्रदायकले भने–महशुल नतिर्नेलाई सेवा दिन सक्दैनौं

काठमाडौं । इन्टरनेट सेवा प्रदायकले महशुल भुक्तानी हुन बाँकी ग्राहकको लाइन नकाट्न नेपाल दूरसञ्चार प्राधिकरणको कार्यान्वयन नगर्ने भएका छन् ।

प्राधिकरणले जारी गरेको सूचना विपरित इन्टरनेट सेवा प्रदायकहरुले महशुल भुक्तानीबिना सेवा सुचारु गर्न नसक्ने स्पष्ट पारेका हुन् ।प्राधिकरणले गत बिहीबार सूचना जारी गर्दै ग्राहकले पैसा तिर्न नसके पनि लकडाउन अवधिभर इन्टरनेट सेवा सुचारु राख्न निर्देशन दिएको थियो ।

इन्टरनेट सर्भिस प्रोभाइडर एशोसिएसनका अध्यक्ष भोजरान भट्टले प्राधिकरणलाई पत्र लेख्दै शारीरिक रुपमापूर्ण अशक्त भएका घरमा कुनै घरयासी सहयोगी नभएका वृद्ध ग्राहकको हकमा मात्रै सूचनामा उल्लेख भएसरह भुक्तानी नगरे पनि सेवा सूचारु राख्ने जनाएको बताए ।

सेवा प्रदायकहरुले आफूले ग्राहकसँग शुल्क नउठाए पनि आफूभन्दा माथिका सेवा प्रदायकलाई आफूले नियाित भुक्तानी गर्नुपर्ने भन्दै एशोसिएसनले यस्तो सबै ग्राहकलाई त्यस्तो सुविधा उपलब्ध गराउन नसकिने स्पष्ट पारेको हो ।

विषम परिस्थितिमा पनि इन्टरनेट सेवा सुचारु राख्नुपर्ने अवस्था रहेको र इन्टरनेटको खपत बढ्दा सेवा प्रदायकहरुको आर्थिक भार थपिँदै गएको समेत उसको दाबी छ ।

एशोसिएसनले अहिले सबै सेवा प्रदायकहरु डिजिटल भुक्तानीमा जोडिइसकेको दाबी गर्दै ग्राहकलाई आफ्नो महशुल अनलाइनबाट समयमै तिर्न सक्ने विकल्प सुझाएको छ ।

Related Articles

Back to top button
Close