Hot News

बैशाख १५ पछि पनि लकडाउन थप्ने तयारीमा प्रधानमन्त्री !

काठमाडौँ । लकडाउनको अवधि एक महिना पुग्नै लाग्दा प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बैशाख १५ पछि पनि लकडाउन जारी रहने सं`केत गर्नुभएको छ। कोरोना भाइरस सङ्क्र`मण फैलन नदिन लकडाउन (बन्दाबन्दी) सबैभन्दा प्रभावकारी विधि भएको बताउँदै प्रधानमन्त्री ओलीले कोरोना सङ्क्र`मण अन्त्यको सुनिश्चिततापछि मात्र लकडाउन अन्त्य गरिने बताउनुभएको हो।

प्रधानमन्त्री ओलीले शनिबार साँझ सरकारी सञ्चार`माध्यामसँग विशेष अन्तर्वार्ता दिदै लकडाउन बैशाख १५ पछि पनि थपिने सं`केत गर्नुभएको बताइएको छ। कोरोना निर्मूल नभएसम्म लकडाउन अन्त्य नहुने र भारतमा सङ्क्र`मणको स्थिति नहेरी सीमा पनि खोल्न नसकिने बताएको आइतबारको गोरखापत्र दैनिकले लेखेको छ। सरकारले समयमै लकडाउन, सीमाबन्द र नागरिकमा जनचेतना लगायतका विधि अपनाई काम गरेकाले कोरोना भाइरस सङ्क्र`मणले नेपालमा विकराल रूप लिन नपाएको बताउँदै प्रधानमन्त्री ओलीले भन्नु`भयो, “अब यसले हामीलाई झुक्याउन सक्दैन। ”

कोरोना भाइरस विश्वमा डढे`लोझैँ फैलिइरहेको अवस्थामा यसको सङ्क्र`मणबाट नेपालमा कसैले पनि जीवन गुमा`उन नपरोस् भनी सरकारले पर्याप्त सतर्कता अपनाएको उल्लेख गर्दै प्रधान`मन्त्री ओलीले यसको नियन्त्र`ण, रोकथाम र उपचारमा सफलता`पूर्वक अगाडि बढिरहेको बताउनुभयो। उहाँले लकडाउनका कारण यस वर्ष मुलुकको अर्थत`न्त्रमा नराम्रो असर परे पनि अर्को वर्ष सुधार गर्न सकिने भएकाले मानव जीवन रक्षा पहिलो प्राथमिकता हुने बताउनुभयो।

लकडाउन नभएका देशमा बर्बादी भएको र भएका ठाउँमा सङ्क्र`मण कम भएकाले विश्व`स्तरमै यस्तो उपाय अपनाइएको बताउँदै उहाँले प्रभावकारी यो विधि अपनाइएको विषयलाई अर्थतन्त्र, राजनीतिक विचार र राजनीतिक प्रणालीसँग जोड्न नहुने बताउनुभयो। सिमानामा आएका नागरिकलाई प्रधानमन्त्रीको प्रश्न, दशगजामा किन आएको ? विश्वमा कोरोना निर्मूल नभएसम्म प्रवेश`द्वार खोल्ने विषयप्रति सरकार सतर्क रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले नाकामा नेपाली नागरिकले दुःख पाए भनेर भावुक कुरा गर्न नहुने बताउनुभयो।

गोरखापत्रका अनुसार ओलीले भारतका विभिन्न स्थानबाट स्वदेश फर्किन चाहेका र सीमापारि नै क्वारेन्टाइनमा राखिएका नेपालीलाई भारत सरकारले होटलमा राख्न खोज्दा दसगजामा जम्मा हुनुलाई अलपत्र भ`न्न नमिल्ने बताउनुभयो। ‘भारतले होटलमा राख्छु, खान दिन्छु भन्दाभन्दै यता दशगजामा आएर लम्पसार हुने, बेइज्जत गर्ने?’ कोरोना साम्य भएपछि कोरोनारहित भएर मात्र सिमा क्षेत्र नजिकै क्वारे`न्टाइनमा बसेका नेपालीहरु घर फर्किन पाउने प्रधानमन्त्रीले बताउनुभयो।

Related Articles

Back to top button
Close