कोरोना विरुद्धको भ्याक्सिनको उत्पादन सुरु, ७ वटा कम्पनीबाट उत्पादन हुँदै
काठमाडौँ । कोरोनाभाइरस विरुद्धको भ्याक्सिनको उत्पादन सुरु भएको छ। शुक्रबार पत्रकार सम्मेलन गर्दै बेलायतको अक्सफोर्ड विश्व विद्यालयको भ्याक्सि नोलोजी डिपार्टमेन्टकी प्रोफेसर सारा गिल्बर्टले भ्याक्सिनको उत्पादन सुरु गरेको जानकारी गराएकी हुन्।
उनले यो भ्याक्सिनको प्रभावकारिता सेप्टेम्बरसम्म पूर्ण रुपमा प्रमाणित हुने र त्यसपछि सबैको प्रयोगका लागि बजारमा ल्याउन सकिने जानकारी दिएकी छिन्। सेप्टेम्बरमा यो भ्याक्सिन प्रमाणित हुँदासम्म पर्खेर उत्पादन सुरु गर्दा पर्याप्त उत्पादन गर्न समय लाग्ने भएकोले अहिलैदेखि उत्पादन गरेर प्रमाणित हुने वित्तिकै धमाधम वितरण गर्ने उद्देश्यले उत्पादन सुरु गरिएको उनको भनाइ छ।
प्रोफेसर गिल्बर्टका अनुसार यो भ्याक्सिनको अहिलेसम्म १२ परी`क्षण भइसकेको छ। उनका अनुसार पहिलो डोजबाटै यो भ्याक्सिन प्रभावकारी हुने देखिएको र निकै सकारा`त्मक परिणाम आएको छ। उनले अहिल्यैबाट उत्पादन सुरु गरिएको र यो भ्याक्सिनको सेप्टेम्बरमा क्लि`निकल ट्राय`ल पूरा हुँदासम्म १० लाख डोज तयार भइसक्ने जानकारी गराएकी छिन्। ब्लुम`बर्गको रिपोर्टका अनुसार अक्सफोर्ड विश्व`विद्यालयको यो टिम यो भ्याक्सिन पूर्ण रुपमा सफल हुनेमा पूर्णरुपमा विश्व`स्त रहेको छ।
जसका कारण उनीहरुले अहिलैदेखि उत्पादन सुरु गरेका हुन्। क्लिनिकल ट्रायल पूरा भएर यो भ्याक्सिन प्रभावकारी भएको प्रमाणित हुँदासम्म भ्याक्सिन उत्पादन भइसकेर बजारमा ल्याउनका लागि तयारी अवस्थामा हुनेछ। विश्व विद्यालयका अर्का प्रोफेसर एड्रियन हिलले पनि आफूहरु निकै वि`श्वस्त रहेको बताए ।
उनले आफूहरु क्लिनिकल ट्रायल पूरा हुने समय सेप्टेम्बरसम्म प्रतिक्षा गर्न नचाहेको बताए। चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामा`री विश्व`का २१० देशमा फैलिएको छ। कोरोना भाइरसका कारण १ लाख ५४ हजार बढीको मृ`त्यु भइसकेको छ भने २२ लाख बढी संक्र`मित भएका छन्। भ्याक्सिन बनेमात्र कोरोनाको महा`मा`री रोक्न सकिने विज्ञले दाबी गर्दै आएका छन्।
दैनिक अनलाइन