International News

२ जना नागरिक लैजान नेपाल आयो भुटानी विमान, यात्रु भन्छन्– ‘सरकारप्रति गर्व छ’

काठमाण्डौ – भुटानको राष्ट्रिय ध्वजावाहक ड्रुक एअरले दुई जना भुटानी नागरिकको उद्धार गरेर आफ्नो देश लगेको छ । नेपालमा रहेका दुई जना नागरिकलाई लिन शनिबार बिहान एटीआर ४२ सिरिजको विमान काठमाण्डौ आएको थियो । यो विमानको क्षमता ३० देखि ५० सिटसम्म हुन्छ ।

जहाजले नेपाली चलचित्रमा अभिनयको लागि नेपाल आएकी भुटानी नायिका उगेन छोदेन र हिमालय एअरलाइन्सका पाइलट सोनाम तोब्गेलाई लिएर थिम्पु फर्केको हो । नायिका उगेन ‘दुई नम्बरी’ नामक नेपाली चलचित्रमा अभिनय गर्न ८० दिनअघि नेपाल आउनुभएको चलचित्रका निर्देशक दिपेन्द्र लामाले जानकारी दिनुभयो ।

भुटान फर्केका दुवै जना पारोको ओलाथाङ होटलमा २१ दिने क्वरेण्टीनमा बसेका छन् । थिम्पुको एक क्वरेण्टीनमा बस्नुभएका पाइलट सोनाम तोब्गेले उज्यालो अनलाइनसँग भन्नुभयो, ‘मैले त हिमालय एअरलाइन्समा दुई सय जना हाराहारी बोकेर जहाज उडाउँथे तर आज जम्मा दुई जना मात्रै यात्रु थियौँ, अनौठो लाग्यो ।’

उहाँले आफूलाई भुटान सरकारप्रति गर्व रहेको पनि बताउनुभयो । ‘जहाजको पैसा हामी दुई जनाले ति¥यौँ तर हाम्रो लागि सरकारले जुन रेस्पोन्स गर्‍यो, त्यसमा मलाई गर्व लागेको छ ।’

‘दुई जनालाई मात्रै लिन विमान आउनेभन्दा त हामी पनि अचम्ममा परेका थियौँ, जहाज आएर उहाँहरुलाई लिएर गएको छ’, नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षत्रीले उज्यालोसँग भन्नुभयो ।विमान पठाउने बन्दोबस्त भुटान सरकारले नै गरे पनि भाडा भने दुई जनाले तिरेका छन् । दुई जनाले पाँच हजार एक सय अमेरिकी डलर तिरेका थिए ।

तस्बिर : दिपेन्द्र लामाको फेसबुकबाट

Related Articles

Back to top button
Close