Thoughts

कोरोनाको संक्र`मण निर्मूल नभएसम्म लकडाउन खुल्दैन : प्रधान`म`न्त्री

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्र`मण निर्मूल नभएसम्म लकडाउन अन्त्य नहुने बताएका छन् । उनले भारतमा सङ्क्र`मणको स्थिति मुल्यां`क गरेरमात्र सीमा खोल्ने विषयमा स्पष्ट पारिने बताए ।

शनिबार साँझ नेपाल टेलिभिजन, रेडियो नेपाल, गोरखापत्र र राससका सञ्चारकर्मीलाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री ओलीले कोरोना भाइरस सङ्क्र`मण फैलन नदिन लकडाउन प्रभावकारी विधि भएकाले कोरोना सङ्क्र`मण अन्त्यको सुनि`श्चिततापछि मात्र यसलाई अन्त्य गरिने बताए ।

सरकारले समयमै लकडाउन, सीमाबन्द र नागरिकमा जनचेतना लगायतका विधि अपनाई काम गरेकाले कोरोना भाइरस सङ्क्र`मणले नेपालमा विकराल रूप लिन नपाएको प्रधानमन्त्रीको भनाइ थियो ।कोरोना भाइरस विश्व`मा डढेलोझैँ फैलिइरहेको अवस्थामा यसको सङ्क्र`मणबाट नेपालमा कसैले पनि जीवन गुमाउन नपरोस् भनी सरकारले पर्याप्त सतर्कता अपनाएको उल्लेख गर्दै प्रधानम`न्त्री ओलीले यसको नियन्त्रण, रोकथाम र उपचारमा सफलतापूर्वक अगाडि बढिरहेको बताए ।

प्रधानमन्त्रीले लकडाउनका कारण यस वर्ष मुलुकको अर्थत`न्त्रमा नराम्रो असर परे पनि अर्को वर्ष सुधार गर्न सकिने भएकाले मानव जीवन रक्षा पहिलो प्राथमिकता हुने बताए । प्रधानमन्त्री ओलीले अहिले नागरिकको जीवन रक्षा छाडेर अर्थतन्त्रको नाफाघाटालाई प्राथमिकतामा नराखिने पनि प्रष्ट पारे ।

लकडाउन नभएका देशमा बर्बादी भएको र भएका ठाउँमा सङ्क्र`मण कम भएकाले विश्व`स्तरमै यस्तो उपाय अपनाइएको बताउँदै प्रधानमन्त्री ओलीले प्रभावकारी यो विधि अपनाइएको विषयलाई अर्थत`न्त्र, राजनीतिक विचार र राजनीतिक प्रणालीसँग जोड्न नहुने बताए ।वि`श्वमा कोरोना नि`र्मूल नभएसम्म प्रवे`श`द्वार खोल्ने विषयप्रति सरकार सतर्क रहेको उल्लेख गर्दै उनले यस्तो अवस्थामा भावुक कुरा गर्न नहुने बताए ।

नेपाल–भारत सीमामा अलपत्र परेका नेपालीले स्वदेश आउन नपाएको गुनासोलाई सरकारले कसरी सम्बोधन गर्दैछ भन्ने प्र`श्नमा प्रधानमन्त्री ओलीले भारत सरकारले होटलमा राख्न खोज्दा दसगजामा जम्मा हुनुलाई अलपत्र भन्न नमिल्ने बताए। कोरोना साम्य भएपछि कोरोनारहित भएर मात्र उनीहरु घर फर्कनुपर्ने पनि ओलीले बताए ।

Related Articles

Back to top button
Close