Thoughts

कसैले तिमीलाई दुखी बनाउँछ भने उसको वास्ता नै नगर – `रुमी`

१३ औं शताब्दीका कवि मौलाना जला`लुद्दी`न रुमी । उनको नाम अहिलेसम्म पनि प्रख्यात नै छ ।रुमीले सिर्जना गरेका कविताहरु अहिले पनि सं`सार भरका विभिन्न भाषाहरुमा अनुवादित छन् । यहाँ हामीले तीनै दार्शनिक तथा आध्या`त्मिक क्षेत्रमा चिरपरिचित रुमीका केही भनाइहरु उल्लेख गरेका छौं । जुन भनाई तपाईंको जीवन उपयोगी बन्न सक्छ ।

– अब तिम्रो विगत भनेको कथा जस्तै बनिसक्यो । आज नयाँ बिऊहरु धमाधम उम्रि`दैछन् ।– कुनै पनि कुरा आफूबाट गुम्यो भनेर कहिल्यै पनि दुखी नबन, किनकी जे कुरा गुम्यो त्यो कुनै न कुनै रुपमा तिम्रो जीवनमा फेरी फर्केर आउने पक्का छ ।– सँधै ख्याल गर की तिमी गतिलो पखेटा लिएर जन्मिएका छौ । तर, तिमीले त्यो पखेटालाई प्रयोग गर्न भने सक्नुपर्छ ।

– एउटा कुरा विचार गर की तिमी समुद्रको कुनै एउटा थोपा कदापी होइनौ । तिमी त थोपा भित्रको एउटा समुद्र नै हौ ।– कुनैपनि कुरा टल्काउनका लागि घोट्नै पर्छ ।– तिम्रो काम माया खो`ज्नु कदापी होइन, तिमीभित्रको अवरोधलाई खो`ज्नु हो, जुन अवरोधले तिम्रो जीवनमा मायाको आभास हुन दिरहेका छैन ।

– कसैले तिमीलाई डर देखाउने या दुखी बनाउने गर्छ भने उसको वास्ता नगर ।– कुनैपनि फूलहरु फुल्ने पानीको कारण हो, मेघ गर्जनको कारण होइन । त्यसैले तिमी ठूलो आवाजमार्फत होइन, शब्दहरु मार्फत बोल्ने गर ।

Related Articles

Back to top button
Close