Thoughts

लकडाउनमा पनि उस्तै छ ‘प्रभाकर’को प्रभाव : ‘काम गर्न सत्ता चाहिँदैन’

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अधिकांश नेता तथा कार्यकर्ता लकडाउनका कारण परिचालित नभएको अवस्थामा एकजना यस्ता नेता छन्, जो जनतासँग जोडिएर श्रम सहकारीमार्फत काम गरिरहेका छन् । कोरोनाको सङ्क्र`मण फैलने त्रासका बीचमा अधि`कांश राजनीतिक नेतृत्व चुपचाप ‘होम क्वारेन्टाइन’मा बसिरहेको बेला रुकुमका यी सां`सद यतिबेला स्थानीय तहहरुमा पुगेर श्रम अभियान चलाइरहेका छन् । देश`भित्रै केही गर्न सकिन्छ र सङ्क`टमा समेत आम जनताको पक्षमा काम गर्न सकिन्छ भ`न्ने तथ्य स्थापित गरिरहेका छन् । धेरैले खरो र आफूलाई मनमा लागेको कुरा स्प्रष्ट बताउने नेताको छवि भएका नेकपा स्थायी समिति सदस्य जनार्दन शर्मा यतिबेला पश्चिम रुकुमको बस्तीबस्तीमा आइसोलेशन कक्ष बनाउन लागि परेका छन् ।

नेता शर्माको नाम लिने बित्तिकै धेरैले उज्यालो नेपालको अभियन्ताका रुपमा चिन्छन् । विद्युत् भार कटौतीले जर्जर बनाएको नेपाललाई उज्यालोको यात्रामा लैजाने जश इतिहासले शर्मालाई दिएको छ । कहिल्यै चुप लागेर नबस्ने, सधै जनतामा समर्पित हुने र जनतासँग जोडिने उनको विशेष स्वभाव छ । कार्यकर्ता परिचालनमा त उनी जनयुद्धमै पाराङ्गत थिए । प्रभाकरका नाममा उनले धेरै इतिहास स्थापित गरिसकेका थिए । त्यसो त तत्कालिन शान्ति तथा पुनःनिर्माण मन्त्रालयको जिम्मेवारी सम्हाल्दा होस् या गृहमन्त्री हुँदा होस् उनी आफ्नो जिम्मेवारीमा खरो उत्रिएका थिए । आजकल जनताको नेतृत्वमा स्थानीय कार्यकर्ता परिचालन गरेर उनले पश्चिम रुकुममा गरिरहेको काम आम नेपालीका लागि समेत उदाहरण बन्न सक्छ ।

उनी जनतासँग जोडिन लाज मान्दैनन् । दिएको जिम्मेवारी सधै फत्ते गर्ने स्वभावका छन् । जनताको विश्वास सधैँ जितेका छन् । जनतासँग रमाउने खुवीका कारण पनि उनी लकडाउनको समयमा मर्कामा परेका धेरै रुकुमेलीको उद्धार गरेर आ–आफ्ना घरसमेत पुर्याइदिएका छन् । रासससँग कुराकानी गरिरहँदा समेत उनलाई उद्धार गरिदिनुप¥यो, ‘हामी त समस्यामा प¥यौं भनेर फोन आइरहेको थियो ।’ धेरैजसो राजनीतिक नेतृत्व जनताबाट कटिरहेको बेला शर्माले देखाएको महानता नेकपाका अन्य नेताले पनि अनुशरण गर्नुपर्ने देखिन्छ । शर्मा भन्छन्, ‘सामान्य समयमा त नागरिकले आफै दुःख जिलो गरिहाल्छन्, समस्या परेका बेला हामीले उहाँहरुलाई आँट भरोसा दिने हो ।’

लकडाउन भनेर चुप लागेर बसेका छैननु शर्मा । विगत दुई वर्षदेखि नेता शर्माले आफ्नो जिल्लामा विकास निर्माणको काम गर्न श्रम सहकारी बनाएका छन् । त्यसलाई प्रत्यक्ष रुपमा नेतृत्व गरेका छन् । त्यसको संयोजन स्थानीय सरकारले गर्छ । उपभोक्ता समितिबाट काम गर्दा चौतर्फी विवाद आएको र चरम भ्रष्टाचार भएको पाइएपछि राजनीतिक नेतृत्व, स्थानीय जनता सबै मिलेर समूहमा काम गर्ने उनको प्रयासले सार्थकता पाउँदै गएको छ । सबै निकायमा श्रम सहकारीमार्फत काम गर्नुपर्छ भन्ने अवधारणामा १०÷१० कोठाको आइसोलेशन भवन बनिरहेको छ । चौरजहारीको आइसोलेशन भवन निर्माण सकिएको छ । आगामी सोमबारदेखि सञ्चालनमा ल्याउने तयारी छ ।

नेता शर्मा भन्छन्, ‘हामी पनि सक्छौं र सक्नुपर्छ ।’ कोरोना महामारीको नियन्त्रणको लागि चौरजहारी नगरपालिकामा सबै सुविधा सहितको ‘प्रिफ्याब’ आइसोलेसन भवन १० दिनमा निर्माण सकिएको छ । उनको स्पष्ट दृष्टिकोण छ, ‘जनता नै शक्तिका श्रोत हुन् । सबै कुरा जनताबाट सिकौं ।’ कोरोना महामारी रोक्न जिल्लामा भौतिक पूर्वाधार थिएन । विशेष गरी नयाँ पालिकाका सुविधा थिएन । त्यसैलाई परिपूर्ति गर्न श्रम सहकारीले काम गरिरहेको उनले जानकारी दिए ।

नेता शर्माको पहलमा नै रुकुमको चौरजहारी, मुसीकोट र आठबिसकोटमा १०÷१० बेडको ‘अट्याच बाथरुम’ सहितको भवन बनिरहेको छ । त्योमध्ये चौरजहारीको काम सकिएको हो । अन्य दुई स्थानको काम पनि एक सातामा सकिन्छ । द्रुत गतिमा ढलान गरेर नै काम भएको छ । मुसीकोट र चौरजारीमा ‘प्रिफ्याब’को भवन बन्दैछ । उनले भने, ‘मुख्य कुरा योजना भिजन चाहियो, नेतृत्व र जनताबीचको समुधुर सम्बन्ध पनि हुनुप¥यो । सोही परिणाम स्वरुप काम भइरहेको छ ।’

पछिल्लो कामले जनतामा समेत एक प्रकारको विश्वास पैदा भएको छ । विचार र संगठनमा रहेका जनतालाई परिचालन गर्दा कसरी सजिलै यस्ता काम गर्न सकिन्छ भन्ने आफ्नो बुझाई साकार भएको नेता शर्मा सगौरव बताउँछन् । उनलाई यस्तो सोंच अहिले पलाएको होइन । ‘गोरखा भूकम्प’ को समयमा नै पलाएको हो । तर, नेता शर्माको सोंचलाई त न सरकारले, न त पार्टीले नै सुन्यो । उनले पाँच लाख स्वयम्सेवक परिचालन गरेर पुनः निर्माण गरौं भनेर संसद्को रोष्ट्रममा उभिएर होस् वा पार्टीका बैठकमा समेत आफ्नो भनाइ दर्ज गरेका थिए । ‘जनपरिचालनद्धारा एक वर्षमा सबै पुनःनिर्माण सकौं । पाँच लाख स्वयमसेवक तयार पारौं र लागौं भनेका थिए । पार्टीले पनि त्यसमा सहयोग गरोस् भनेको थिएँ’, उनले ती दिन स्मरण गर्दै भने, ‘मैले संसद्बाट भनेको थिए, मेरो कुरा सुनिदिने कोही भएन, दुईवटा बजेट त्यसमा समेत ती विषय अटाएन ।’

नयाँ संविधानपछि भएको निर्वाचनमा नेकपाले दुई तिहाई जनमत ल्यायो । दुई वटा बजेट पनि बने । आफूले दिएको सुझाव कहीँ कतै पनि नसमेटिएकोमा गुनासो गर्छन् नेता शर्मा । ‘विकास निर्माण पूरानो तरिकाले हुँदैन, नयाँ तरिकाबाट जनपरिचालनमार्फत गर्नुपर्छ भन्ने मेरो सोंच जीवित छ, सोहीअनुसार काम गरिरहेको छु’, उनले भने, ‘जनपरिचालन नै विकास निर्माणका लागि आवश्यक छ । विशेष गरी युवा परिचालनबाट नै गर्नुपर्छ ।’

Related Articles

Back to top button
Close