Corona (COVID-19) Updates

बागलुङकी कोरोना संक्र`मित ६५ वर्षीया वृद्धाले पनि निको भइन्,` आइतबार घर फर्किने

नेपालकी छैटौँ कोरोना सङ्क्र`मित महिलालाई कोरोना निको भएको छ । बागलुङ नगरपालिका–३ गौडाकोटकी ६५ वर्षीया कोरोना सङ्क्र`मित महिलाको तेस्रो र चौथो पटकको रिपोर्ट नेगेटिभ अर्थात् कोरोना निको भएको आएपछि धौलागिरि अञ्चल अस्पताल बागलुङमा १७ दिनदेखि उपचाररत उहाँको डिचार्ज गर्ने तयारी भइरहेको धौलागिरि अञ्चल अस्पतालका मेडिकल सुपरि`टेन्डेन्ट डा शैलेन्द्र वि पोखरेलले जानकारी दिनुभयो ।

“हामी बैठकमा छौँ”, पोखरेलले भन्नु`भयो, “सकेसम्म आजै नत्र भोलि घर पठाउने अस्पतालको तयारी छ ।” गत चैत ४ गते बेल्जियम`बाट कतार हुँदै बागलुङ आउनुभएकी उहाँलाई चैत १७ गते कोरोना सङ्क्र`मण भएको पुष्टि भएपछि धौलागिरि अञ्चल अस्पतालको आइसोले`शनमा भर्ना गरी उपचार भइरहेको थियो ।

कोरोना सङ्क्र`मण भएको पुष्टि भएपछि धौलागिरि अञ्चल अस्पतालको आइसोलेशन वार्डमा उपचाररत महिलाको यसभन्दा पहिले दुई पटक स्वाब परीक्षण गर्दा पोजेटिभ आए पनि तेस्रो र चौथौ पटक नेगेटिभ आएका कारण उहाँलाई कोरोना ठीक भएको गण्डकी प्रदेश स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौँले जानकारी दिनुभयो ।

“चौथो रिपोर्ट पनि नेगेटिभ आएको छ”, गुरौँले भन्नुभयो, “दुई पटकसम्म नेगेटिभ रिपोर्ट आउनु भनेको कोरोना निको हुनु हो ।” अस्पतालबाट डिस्चार्ज भएकी महिलालाई अझै केही समय घरकै क्वारेन्टाइनमा बस्नु`पर्ने डाक्टरहरुले बताएका छन् । नेपालमा ती महिला कोरोना निको हुने तेस्रो सङ्क्रमित हुने बताइएको छ ।

धवलागिरि अञ्चल अस्पतालको आइसो`लेसन कक्षमा उपचाररत उहाँको अवस्था सामान्य छ । चिकित्सकका अनुसार पुरानै उच्च रक्तचाप र दमको औषधि नियमित दिइएको छ । “दाँत किराले खाएको भएर प्रेसर केही बढेजस्तो भयो, बीचमा अलिअलि कान दुख्यो, अहिले त एकदम ठिक छु”, उहाँले भन्नुभयो ।

उहाँमा कोभिड–१९ को लक्षण न पहिले देखियो न अहिले छ । “दम शुरु भएको १५÷१६ वर्षअघि हो, पुरानो समस्याबाहेक अर मलाई केही छैन”, उहाँले भन्नुभयो, “कोरोना लागेपछि पनि मलाई केही हुँदैन भन्ने लाग्थ्यो, यसलाई जितेरै छोड्छु भन्ने सोच आउँथ्यो ।” उहाँमा अहिले पनि उस्तै इच्छाशक्ति छ । “मन बलियो बनाउने र खानपानमा ख्याल गर्ने हो भने रोगसँग ल’ड्न सकिन्छ”, उहाँले भन्नुभयो, “पानी धेरै पिउनुपर्ने रहेछ, अहिले पनि दिनमा पाँच लिटरसम्म उमालेको पानी पिउँछु ।”

पहिले अझ धेरै पानी पिउने गरेको र शरीर गलेजस्तो भएपछि मात्रा केही घटाएको उहाँको भनाइ छ । उहाँले अहिले दैनिक बिहान, बेलुका दूध पिउने गर्नुभएको छ । नियमित खाना, खाजाको प्रबन्ध अस्पतालले नै मिलाएको छ । “खाना, खाजा लिएर नर्स नानीहरु आउनुहुन्छ, चिकित्सकहरु पनि बेलाबेला आउनुहुन्छ, फोन गरेर पनि सोध्नुहुन्छ”, उहाँले भन्नुभयो, “सबै कुरा राम्रो छ, आफ्नै ठाउँको अस्पतालमा बस्न पाइएको छ, सबैले सम्झनुभएको छ, बोल्न पाएकी छु ।”

आइसोलेसन कक्षमा बस्दा मोबाइलमा गीत सुनेर, ‘भिडियो’ हेरेर समय बिताउने गरेको उहाँको भनाइ छ । बरु, आफूसँगै बेल्जियमबाट आएकी अर्की सङ्क्रमित युवतीको चौथो जाँचको रिपोर्ट पनि पोजेटिभ आएपछि उहाँलाई ननिको लागेको छ । “उनी पनि मसँगै आएकी नानी हुन्, उनमा पनि नेगेटिभ देखिए कति खुशी हुने थिएँ, जे भए पनि सँगै आइयो, अहिले एउटै अस्पतालमा छौँ”, उहाँले भन्नुभयो । सोही नगरपालिका–४ की १९ वर्षीया युवती पनि अहिले आइसोलेसनमा उपचाररत हुनुहुन्छ ।

सङ्क्रमित दुवै बेल्जियमबाट दोहा हुँदै कतार एयरको क्यूआर ६५२ मा गत चैत ४ गते नेपाल आएका थिए । युवतीमा चैत १५ र महिलामा चैत २० गते कोरोना भाइरस सङ्क्र`मणको पुष्टि भएको थियो । युवतीको पनि स्वास्थ्य अवस्था सामान्य छ । दुवै जना परिवार र आफन्त भेट्न बेल्जियम पुगेका थिए । “घरबाट फागुन १३ गते हिँडे, काठमाडौँबाट १४ गते उडियो, त्यही राति नै बेल्जियम पुगेँ”, उहाँले भन्नुभयो, “कान्छी छोरीले बोलाएर एक महिनालाई घुम्न गएकी थिएँ ।” युवती भने बुबाआमा भेट्न गत माघमै बेल्जियम पुग्नुभएको थियो ।

बेलिज्यममा महिलाकी कान्छी छोरी, ज्वाइँ र नातिनातिना बस्छन् । कोरोना सङ्क्र`मणको वि`श्व`व्यापी सन्त्रा`सबीच उहाँ गत चैत ४ गते बेल्जियमबाट नेपाल फर्कनु`भएको थियो । घर फर्केपछि पनि सबै ठिकठाकै थियो । कोरोना सङ्क्र`मणको न कुनै आशङ्का थियो । “घरमा श्रीमा`न्को श्राद्ध पनि थियो, घरमै बसेँ, नुहाउने, धुने आफैँ गरेँ”, महिलाले भन्नु`भयो, “सँगै आएकी नानीलाई कोरोना लागेको थाहा पाएपछि मेरो पनि जाँच भयो, रिपोर्ट पोजेटिभ आयो ।” फ्रान्सबाट दोहा हुँदै आएकी काठमाडौँकी युवतीमा कोरोना देखिएपछि सोही विमानमा फर्किएकी बागलुङकी युवतीमा पनि कोरोना जाँच्दा सङ्क्र`मण पुष्टि भएको थियो ।

बागलुङकी १९ वर्षीया युवती नेपालकै पाँचौँ र ६५ वर्षीया महिला छैटौँ सङ्क्र`मित हुनुहुन्छ । महिलाको घरमा दुई छोरा, बुहारी, नातिनातिना लगायत छन् । जेठी छोरी पनि बागलुङमै हुनुहुन्छ । उहाँलाई रिपोर्ट नेगेटिभ आएको पहिलो खबर बिहीबार साँझ छोरीले नै सुनाउनुभएको थियो । “रिपोर्ट नेगेटिभ आएको कुरा पछि अस्पतालका नानीहरुले पनि सुनाए, हिजो तेल, काइँयो पनि ल्याइदिए, आज त बिहानै कपाल कोरेर, नङ्ग काटेर बसेकी छु”, उहाँले भन्नुभयो । घर फर्कन र परिवारका सदस्यलाई भेट्न उहाँ व्यग्र प्रतिक्षारत हुनुहुन्छ ।

अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलले कुनै औषधिबिनै सङ्क्र`मित महिला कोरोना भाइरससँग लडिरहेको बताउनुभयो । “कोरोनाको कुनै लक्षण पनि देखिएको छैन, उहाँमा उच्च रक्तचाप र दमको पुरानै समस्या भएकाले विशेष निगरानी भने गरिरहेका छौँ” ।”

Related Articles

Back to top button
Close