Hot News

भारतबाट लुकि`छिपी नेपाल प्रबेश गरेकाहरुका कारण गाँउ नै त्रा`सित

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्वर ८ सोमवारेमा विहिवार ३ जना भारतिय मुलका व्याक्तिहरु भेटिए सगै गाँउ त्रा`सित बनेको छ । भारतको उत्तर प्रदेशको जोतपुर जिल्ला स्थायि ठेगाना भएका अन्दाजी वर्ष ५५ का उमा शंकर यादव त्यस्तै गरि भारतकै गोपाल गंज घर बताउने अन्दाजी वर्ष ४५÷४६ की उषा ज्वाला नाम गरेकी महिला सहित ३ जना व्याक्तिहरु पथरी शनि`श्चरे नग`पालिकामा विहिवार भेटिएका थिए ।

३ जनामा २ जनालाई नियन्त्र`णमा लिए पछि स्वास्थ परिक्षण गर्दा १०२ डिग्री ज्वरो देखिएको थियो । उनिहरुमा ज्वरो देखिए पछि विराटनगरमा रहेको कोरोना परिक्षण अस्पताल कोशी अस्पताल पठाइएको नगरापलिकाका स्वास्थ्य संयो`जक मुरारी आर्चायले जानकारी दिए ।मोरङमा रहेका १७ स्थानिय तहहरु मध्ये भारत सग सिमान जोडिएका विराटनगर उपमहानगरपालिका, रंगेली नगरपालिका, सुनवर्षी नगरपालिका र रतु`वामाई नगरपालिका रहेका छन् ।

नेपाल प्रवेश गर्नका लागि मोरङमा ठुलो नाकाको रुपमा विराटनगरमा जोगवनी नाका रहेको छ । भने सुन`वर्षी नगरपालिकामा सिक्टी भन्सार र बरडङगा छोटी भन्सार गरि २ वटा साना नाका रहेका छन् ।पथरी शनि`श्चरेमा शुरक्षा कडाई भएको बताई रहदा उनीहरु भने सहजै मकै बारीको प्रयोग गरि पथरी शनि`श्चरे प्रबेश गरेका थिए । मकैबारीमा प्रबेश गरि आएकाहरु भातरतीय नागरीक रहेको पु`ष्टी भएको इलाका प्रहरी कार्यालय पथरीका डिएस्पी दिलिप कुमार गिरीले बताए ।

विहिवार विहान उनिहरु स्थानिय सोमवारे वजारमा देखा परेपछि त्याहाका वासीन्दाले नियन्त्र`णमा लिन खोज्दा ३ जना मध्ये २ जना भाग्न सफल भएका थिए । भागेका २ जनाको खोजी गर्दा दिउसो ४ बजे ति अकाए एक ब्या`क्ती भेटिएका थिए । भने अर्का एक जना हाल सम्म फेला परेका छै`न्न । रातको समयमा निय`न्त्रणमा परेका ति व्याक्ति`लाई सोधि`खोजी गर्दा उनि भारतको उत्तर प्रदेश जोतपुर जिल्ला निवासी भएको पाईएको हो । भारतको कटियारमा ज्याला मजदुरी गरि वस्दै आएका उनि कोरोना संक्र`मणका कारण कामकाज वन्द भएपछि घर जान भनि हिडेको बताउछन् । घर जान हिडेका उनलाई मा`लब हाक ट्रकमा चढाएर नेपाल सग सिमाना जोडीएको सुनवर्षी नगरपालिकाको सिक्टी नाका आसपासमा छोडेको र नेपाल प्रवेश गर्ने गरेको देखिन्छ । उनि जस्ता थुप्रै व्याक्तिहरुलाई सो ट्रकमा ओर्लेको उनको भनाई रहेको छ ।

सुरक्षा कम्जोर भएकाले भारितिय नागरिक नेपाल प्रबेश गर्नाले नेपालमा कोरोना संक्र`मण फैलन सक्ने उच्च जोखिम रहेको देखिन्छ । दुवै देशको सहमतिमा सिमा नाका वन्द गरिएको भएपनि भारतले भने आफ्ना नागरिकलाई सिमा क्षेत्रमा ल्याई छेड्ने गरेको देखिन्छ । २ जना मध्ये अन्दाजी ४५÷४६ कि महिलाको मानसिक सन्तुलन पनि ठिक नदेखिएको डा. आर्चायको भनाई छ ।

भारत सग सिमाना जोडीएको सुन वर्षी नगरपालिकाका मेयर काली प्रसाद दासलाई यस वारेमा जानकारी लिदा नाका पुर्ण रुपमा ब`न्द गरिएको भएपनि ति व्याक्तिहरु खुल्ला सिमाना भएका कारण र मैकबारीका बाटो प्रयोग गरि नेपाल प्रवेश गरेको हुन सक्ने जानकारी दिनु भएको छ । सिमा सुरक्षाका लागि सुनवर्षी नगरपालिकाले प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय मोरङ, जिल्ला सम्वन्वय समिति मोरङमा करिव २०० मिटरको दुरीमा प्रहरी चेकजाचको व्यावस्थापन गर्न अनुरोध गरेको भएपनि अहिले सम्म कुनै आधारिक जानकारी नआएको मेयर दासले बताए ।

Related Articles

Back to top button
Close