Corona (COVID-19) Updates

भ्याक्सिन नबने मौसमी रोग बन्नेछ कोभिड–१९, २०२२ सम्म सामाजिक दूरी राख्नैपर्ने

दुई महिनाभित्र चीनबाट निस्किएर कोरोना भाइरस संसा`रभरी फैलिसकेको छ । हालसम्म १ लाख ५४ हजारभन्दा बढीको ज्यान लिइसकेको कोरोना भाइरसको डरले संसारभरीको आधा बढी जनसंख्या घरमा नै ब स्न बाध्य छन् । तर यहाँ सबैभन्दा महत्वपूर्ण कुरा के हो भने यो म`हामा`री कहिले समाप्त हुनेछ ?

केही दिनअघि अमेरिकाको कोरोना भाइरस टास्क फोर्सका डा. एन्थोनी फाउचीले कोरोना भाइरस मौसमी रोग बन्न सक्ने पूरा सम्भावना भएको बताए । अब यस्तै कुरा साइन्स म्यागजिनमा छापिएको हार्वर्ड युनिभर्सिटीको अनुसन्धानमा सार्वजनिक भएको छ । यो अनुसन्धानमा भनिएको छ, ‘जबसम्म कोरोना भाइरसको कुनै प्रभावकारी उपचार वा भ्याक्सिन भेटिँदैन तबसम्म यो महा मा रीलाई समाप्त गर्न असम्भव छ ।’अनुसन्धानमा बताइए अनुसार भ्याक्सिन वा कुनै प्रभावकारी उपचारबिना कोभिड–१९ मौ`समी रोग बन्न सक्छ र सन् २०२५ सम्म हरेक वर्ष यसको संक्र`मण फैलने सम्भावना छ ।

कोरोना किन मौसमी फ्लू बन्न सक्छ ?

यो रोगको नाम कोभिड–१९ हो जुन सार्स कोव–2 नामको कोरोना भाइरसबाट फैलन्छ । कोरोना भाइरसको परिवारमा सार्स र मर्सजस्ता भाइरस पनि पर्छन् । सार्स २००२–०३ मा र मर्स २०१५ मा फैलिसकेको छ । यो परिवारमा दुई ह्यु मन भाइरस पनि पर्छन् पहिलो HCoV-OC43 र दोस्रो HCoV-HKU1 ।सा र्स र मर्सजस्ता महा मा रीबाट चाँडै नै छुटकारा पाइएको थियो । जबकी HCoV भाइरस हरेक वर्ष चिसो मौसममा मानिसहरुलाई यसले संक्र`मित गर्ने गर्छ । यसै भाइरसका कारण चिसो मौसममा रुघा–खोकी लाग्ने गर्छ ।

वास्तवमा कुनै पनि रोगबाट लड्नमा रोग प्रतिरोधी क्षमताले मद्दत गर्छ । कुनै व्यक्तिको रोग प्रतिरोधी क्षमता जति बलियो हुन्छ त्यति नै बलियोसँग यसले रोगसँग लड्न सक्छ । त्यसकारण जब हामी बिरामी हुन्छौं तब हाम्रो शरीर त्यो रोगसँग लड्नका लागि इम्यु`निटी बनाउँछ र हामी ठिक हुन्छौं ।

अब पुनः HCoV बारे कुरा गरौं । हरेक वर्ष मानिसहरुलाई रुघा–खोकीजस्तो मौसमी रोगले ग्र`स्त बनाउँछ । यसको अर्थ यो भयो कि यो भाइरस`सँग लड्नका लागि मानिसमा रोग प्रतिरोधी क्षमता निकै छोटो समयका लागि विकसित हुन्छ । यसै कारण हरेक वर्ष हामीलाई रुघा–खोकीले समाउँछ ।यसै गरी यदि सार्स कोव–२ बाट लड्ने हाम्रो प्रति`रोधी क्षमता पनि छोटो समयका लागि भए यो भाइरस हाम्रो जीवनको हि`स्सा बन्ने सम्भावना छ । यो हरेक वर्ष फर्कन पनि सक्छ । अर्थात्, कोरोना`भाइरस वा कोभिड–१९ सिजनल `फ्लू ब`न्ने सम्भावना छ !

Related Articles

Back to top button
Close