Corona (COVID-19) Updates

Breaking News: नेपालमा एकैदिन थपिए १४ कोरोना संक्र`मित यससँगै संक्र`मितको संख्या ३० पुगेको छ

वैशाख, काठमाडौं । नेपालमा एकैदिन १४ जना कोरोना भाइरस (कोभिड-१९) का संक्र`मित थपिएका छन् । उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्र`मण पुष्टि भएको हो ।

शुक्रबार थपिएका मध्ये १२ जना उदयपुरमा छन् । उनीहरु मध्ये केही भारतीय हुन् । यस्तै शुक्रबार थपिएका दुई जना संक्र`मित चितवनका हुन् । यससँगै नेपालमा कोरोना संक्र`मितको संख्या ३० पुगेको छ । उनीहरु मध्ये पहिलो संक्र`मित निको भइसकेका छन् ।

उदयपुरको मस्जिदमा लुकेर बसेका ८ भारतीय नागरिकमा कोरोना पोजेटिभ भेटिएको छ। त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा लुकेर बसेका १० मध्ये ८ जनाको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ पाइएको हो।

भुल्केस्थित मस्जिदमा लुकेर केही भारतीय नागरिक बसेको सूचना आएपछि मंग`लबार सुरक्षाकर्मी सहित मस्जिद पुगेको स्वस्थ्यकर्मीको टोलीले उनीहरुको स्वाब नमुना लिएको थियो। उनीहरुको स्वाब परीक्षणका लागि कोशी अस्पताल विराटनगर ल्याइएको थियो।

त्यस्तै चितवनमा दुई नेपालीमा कोरोना संक्र`मण पुष्टि भएको छ । चितवनमा भेटिएका कोरोना संक्र`मण पुष्टि भएका मध्य ६३ वर्षीया महिला र उनका २७ वर्षीय छोरा हुन् उनीहरु चैत ३ गते बेलायतबाट कतार एयरवेज हुँदै नेपाल आएका थिए ।

त्यस्तै जनकपुरधाम उपमहानगरपालिका– ६ को महावीर चोकको बाटोमा दुई महिला नेपाली रूपैयाँ छररे फरार रहेका जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । सिसीटिभीको फुटेजमा ती महिला अन्दाजी ४०÷४५ वर्षका रहेको उल्लेख गरिएको छ ।

Related Articles

Back to top button
Close