Thoughts

सरकारी गाडीहरु गरीबका लागी रहेनछ, सरकार पास दिनु मेरो गाडी र पैसाले सबैलाई घर पुर्याउँछु !!

चर्चित हाँस्य कलाकार कुमार कट्टेल उर्फ जिग्रीले अहिले सामाजिक संजालमार्फत नै नेपाल सरकारलाई एक आग्रह गर्नुभएको छ । उहाँले अहिले लकडाउनका बेला अलपत्र परेका सबैलाई आफ्नो व्यक्ति खर्चले आफै गाडीको व्यवस्था गरी उहाँहरुको घरसम्म पुर्याउनका लागि आफुलाई पास बनाई अनुरोध गर्नु भएको छ ।

कुमार कट्टेलले सरकारको कार्यनीतिप्रति प्र श्न चिन्ह उठाएको पनि उक्त स्ट्याटसले बु झ्न सकिन्छ । उहाँले यस्तो बेला सरकारले मेरो यो अनुरोध स्वीकार गरी मलाई देश सेवा गर्ने मौका दिनुहुन्छ भन्ने पनि उल्लेख गर्नुभएको छ । कुमार कट्टेलले लेख्नु भएको स्ट्याटस आगाडी पढ्न सक्नुहुन्छ ।

सम्माननिय प्रधानमन्त्री ज्यु ,
तपाई त सरकारको नेतृत्त्व गरिरहेको कम्युनिस्ट पार्टिको अध्यक्ष
सुनेको थिए , कम्युनिस्ट पार्टी त मजदुर र सर्वहाँरा बर्गको पार्टी हो
आज बिपत्तिमा गरीब, मजदुर हरु भोक भो-कै हिडेर घर गैरहदा तपाईं को पार्टी र सरकार गरीब र मजदुरको नै हो र ?

प्रश्न गर्न मन लाग्यो सरकार का बस , सेना प्रहरी का बस ,सरकारी प्लेन हरु सायद गरीब मजदुर हरुका लागी हैन रहेछनयो देश को एउटा जिम्बेवार नागरिक को हैसियत ले तपाई सँग एउटा कुरा माग्छु ,बिन्ती नाई नभन्दिनु होला !! जिल्ला-जिल्ला र स्थानिय तहको समन्वय को लागी मलाई पास उपलब्ध गराईदिनु होलाम मेरो व्यक्तिगत खर्च मा गाडी को व्यवस्था गरी फसेका गरीब र मजदुर को पहिचान गरी घर पुर्याई दिन्छुदेश लाई परेको बेला सेवा गर्ने मौका दिनु हुन्छ भन्ने आस मा तपाई को भलो चिताउने नागरिक म !!

Related Articles

Back to top button
Close