News

सुदूर पश्चिममा कोरोनाको जाे`खिम बढेपछि राजधानीबाट ३३ जना डाक्टरको टोली धनगढी पुग्यो

कोरोना भाइरस सङ्क्र`मणको जोखिम क्षेत्र मानिएको सुदूरपश्चिम प्रदेशमा सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या` मन्त्रालयले ३३ जना चिकित्सकलाई यहाँ पठाएको छ । विभिन्न शिक्षण अस्पतालमा एमडी अध्ययनरत ती चि`कि`त्सकलाई कोरोना भाइरसको उपचारका लागि सो मन्त्रा`लयले सुदूरपश्चिम पठाएको सुदूर`पश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिनुभयो ।

उहाँले प्रदेश सामाजिक विकास मन्त्रा लयको समन्वय तथा सिफारिसका आधारमा यहाँ आउन लागेका चिकित्सकलाई सुदूरप श्चिमका विभिन्न जिल्लामा मुख्यमन्त्रीको कार्यालयले खटाउने जानकारी दिनुभयो ।कोरोना भाइरसका सङ्क्र`मितको उपचारका लागि धनगढी विमानस्थलमा शुक्रबार पुगेको चिकित्सक टोली । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पठाएको सो टोलीमा ३३ चिकित्सक छन् ।

“निर्देशिकामै आवश्यकताअनुसार प्रदेश मुख्यमन्त्रीको कार्यालयले चि`कि`त्सक तथा स्वास्थ्यकर्मी खटाउने भनिएको छ ।” उहाँ भन्नुभयो, “त्यसका लागि हामी आवश्यक गृ`हकार्य गरिरहेका छौँ ।” सुदूरपश्चिमको सेती प्रादेशिक अस्पताल धनगढी, टीकापुर, भीमदत्तनगरस्थित महाकाली अस्पताल, डडेल्लधुरा, बैतडी, दार्चुलालगायत जिल्ला अस्पतालमा परिचालन बताइएको छ ।

“डोटी र बाजुरामा अहिले आवश्यकता नभएको भन्ने आएको छ ।” जोशीले भन्नुभ`यो, “अन्त पठाउने कुरो भएको छ ।” सुदूर`पश्चिममा चिकित्सक तथा स्वास्थ्य`कर्मीको कमी रहेका बेला कोरोना परीक्षणको दायरा बढाउन चिकित्सक टोली पठाएको हो । यसअघि पनि ¥यापिट टेष्टका लागि केन्द्रबाट ६ जना चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली सुदूरपश्चिम आइपुगेको थियो ।

बिहीबारसम्म सुदूर`पश्चिम प्रदेशमा ६ हजार २२६ जनाको नमूना परीक्षण गरिएको निर्देशनालयले जनाएको छ । यहाँ हालसम्म पाँच जनामा कोरोनाको स`ङ्क्र`मण देखिएको छ ।

Related Articles

Back to top button
Close