Hot News

आजदेखि भाटभटेनी सुपरमार्केट खुला

भाटभटेनी सुपरमार्केटले उपत्यकाका विभिन्न ६ स्टोर खुला गर्ने निर्णय गरेको छ । ग्राहकको गुणस्तरीय दैनिक उपभोग्य बस्तु खरिद गर्ने चाहनालाई मध्यनजर गर्दै शुक्रबारदेखि स्टोर खुला गर्ने निर्णय गरिएको भाटभटेनी सुपमार्केटका चिफ अपरेटिङ अफिसर पानु पौडेलले रातोपाटीलाई जानकारी दिए ।

उनकाअनुसार कोरोनाभाइरसको त्रासका कारण मुलुक लकडाउनमा गएपछि भाटभटेनीले होम डेलिभरीको सुविधा दिँदै आएकोमा आजदेखि स्टोर नै खुला राख्ने निर्णय भएको हो ।जसअनुसार बिहान १० बजेदेखि बेलुका ७ बजेसम्म स्टोर खुल्नेछ । तर, स्टोरमा पर्याप्त सावधानी अपनाइएको छ । एक पटकमा स्टोरभित्र १० जनालाई मात्रै प्रवेश दिइने र त्यसमा पनि सोसियल डिस्ट्यान्सिङ कायम गरिने उनले जानकारी दिए ।

उनका अनुसार राजधानीका कलंकी, महाराजगन्ज, नक्साल, पुरानो भाटभटेनी, भक्तपुर र पुल्चोकको स्टोर खुल्ला रहनेछ । लककडाउनको कारण सिर्जित विषम परिस्थितिमा ग्राहकको गुणस्तरीय सामान खरिद गर्ने चाहनालाई मध्यनजर गर्दै स्टोर खुला गर्ने निर्णय गरिएको हो’ ]

पौडेलले भने, ‘स्टोरमा पर्याप्त सावधानी अपनाइएको छ, ग्राहकले सोसियल डिस्यान्स कायम गरेर ढुक्कले सामान खरिद गर्न सक्नुहुन्छ ।’यस्तै भाटभटेनीका उपत्यकाबाहिरका १० स्थानका स्टोर पनि खुला रहने बताइएको छ ।

Related Articles

Back to top button
Close