Corona (COVID-19) UpdatesInternational News

कोरोनाको भ्याक्सिन पत्ता नलागेसम्म लकडाउन नखोल्न चेतावनी

कोरोना भाइरस (कोभिड–१९)को भ्याक्सिन पत्ता नलागेसम्म विश्व भर भइरहेको लकडाउन पूर्ण खुला गर्न नमिल्ने एक अध्ययनले जनाएको छ । चीनको महा`मा`रीलाई आधार मानेर गरिएको यो अध्ययनको नतिजा मेडिकल जर्नल द लान्सेटमा प्रकाशित छ । दैनिक जीवनमा चीनले गरेको कडाइकै कारण कोभिड–१९ को पहिलो लहर देशमा धेरै भूभागमा फैलन पाएन । तर अनुसन्धानकर्ताहरुले अपरिपक्व रुपमा लकडाउन खुला गर्दा दोस्रो लहरको संक्र`मण निम्तनसक्ने सम्भावना औंल्याएका छन् ।

अहिले वि`श्वभर फैलिएको कोरोनाको उद्गम मानिएको उहान शहरमा गत साता (८ अप्रिलमा) अधिकारीहरुले ७६ दिने लकडाउन खुला गरेका थिए । य`पि, रेल र पर्यटकीय क्षेत्रमा भीड जम्मा हुने जोखिम देखेका अधिकारीहरुले केही न केही रुपमा कडाई अझै कायम राख्नेछन् । ‘नियन्त्र`णका नियमले सं`क्रमितको संख्यालाई धेरै तल्लो तहमा झारेका छन्, तर कोभिड–१९ विरुद्ध हर्ड इम्युनिटी (सामूहिक रोग प्रतिरोधी क्षमता) नभएको अहिलेको अवस्थामा संक्र`मण फेरि बढ्न सक्छ । व्यापार, कारखाना सञ्चा`लन, विद्यालय फेरि खुल्दा र सामाजिक गतिविधि बढ्दा कोभिड–१९ को संक्र`मण फेरि फैलनेछ र विशेषगरी विदेशबाट रोग आयात हुने जोखिम बढ्नेछ,’ यस अनुसन्धानमा संल`ग्न लेखकमध्ये एक हङ`कङ विश्वविद्यालयका प्रोफेसर जोसेफ टी उले भनेका छन् ।

सरकारले कडाई बिस्तारै खुकुलो गर्ने र संक्र`मणलाई नजिकबाट निगरानी गर्ने कार्य नगरे संक्र`मणको गति बढ्ने चेतावनी उनले दिएका छन् ।‘यद्यपी, शारीरिक दूरी र व्यवहारमा ल्याइएको परिवर्तनजस्ता नियन्त्रणका नीति केही समयसम्म अझै कायम रहनेजस्तो देखिन्छ । प्रभावकारी भ्याक्सिन उपलब्ध नभएसम्म नियमित रुपमा आर्थिक गतिविधि सुचारु गर्ने र उत्पादन कम गर्ने विषयमा सन्तुलन राख्नु नै राम्रो रणनीति हो,’ अध्ययनले भनेको छ ।

केवल केही सातादेखि लकडाउन सामना गरिरहेका विश्वका कतिपय देशले आफ्नो अर्थतन्त्रलाई चलायमान बनाउन नियन्त्रण चाडैं खुकुलो गर्नेबारे सोचिरहेका बेला यो अनुसनधान महत्व`पूर्ण हुनसक्छ । अर्थविद्हरुले पनि आर्थिक गतिविधि विस्तारै बढाउँदैं लैजानुपर्ने सुझाव दिएका छन्, तर हतार गर्दा जोखिम बढ्ने अध्यननको ठहर छ । यसलाई गलत रुपमा लिएर निय`न्त्रण पूर्ण हटाउन खोज्दा थप महा`मा`री निम्तने र फेरि कडाई गर्नुपर्ने अवस्था सिर्जना हुने अध्ययनले जनाएको छ । त्यस्तो अवस्था स्वास्थसेवा र अर्थतन्त्रमै वि`ध्वंशकारी हुने अनुसन्धानको निष्कर्ष छ । अस्ट्रिया र इटलीमा नियन्त्रण खुकुलो गर्दै विगत केही दिनयता केही पसलहरु खोल्न दिइएको छ । त्यस्तै, जर्मनीले पनि बिस्तारै कडाई कम गर्दै लगेको छ ।

Related Articles

Back to top button
Close