अब नेपालमा ‘कोरोना बीमा’ हुने, पिसिआरले पोजेटिभ देखाए रकम पाइने
कोरोना संक्र मणले निम्त्याउन सक्ने आर्थिक जोखिमलाई लक्षित गर्दै बीमा लेख जारी हुने भएको छ। नियामक बीमा समितिले निर्जीवन बीमा कम्पनीहरुलाई बीमा लेख जारी गर्न निर्देशन दिएको छ। हाल बीमा लेखका लागि ड्राफ्ट तयार भइरहेको र केही दिनमै पूर्णता पाउने समितिका सूचना अधिकारी तथा कार्यकारी निर्देशक निर्मल अधिकारीले जानकारी दिए।
केही दिनमै बीमा कम्पनीहरुले आवश्यक नीति बनाउने छन्। सो नीतिलाई समितिले स्वीकृति दिएपछि बीमा लेख जारी गर्न सक्नेछन्। संभवतः एक हप्ताभित्रै बीमा लेख जारी हुने अधिकारीले बताए।कोरोना बीमा गर्ने (बीमित)लाई बीमां क रकममा दुई विकल्प हुनेछन्। एक लाखको बीमा गर्नेले प्रतिव्यक्ति वार्षिक १ हजार रुपैयाँ प्रिमियम भुक्तानी गर्नुपर्नेछ। त्यस्तै परिवारका हकमा वार्षिक प्रतिव्यक्ति ६ सय रुपैयाँका दरले प्रिमियम भुक्तानी गर्नुपर्नेछ।
त्यस्तै ५० हजारको बिमांकमा त्यसकै आधा अर्थात प्रतिव्यक्ति वार्षिक ५ सय र परिवारकै गर्दा प्रतिव्यक्ति ३ सय रुपैयाँका दरले प्रिमियम भुक्तानी गर्नुपर्नेछ।यदी तीन सदस्य परिवारको १–१ लाखको बीमा भएको छ भने प्रतिव्यक्ति वार्षिक ६ सयका दरले प्रिमियम बुझाउनुपर्छ।पिसिआरमार्फत जब उनीहरुमा कोरोना संक्र`मण भएको पुष्टि हुन्छ, प्रतिव्यक्ति १ लाखका दरले बीमा रकम प्राप्त गर्नेछन्। पिसिआरबाट कोरोना भाइरस पुष्टि भएपछि बीमा गर्नेले बिमां`क रकम प्राप्त गर्ने अधिकारीले बताए।
त्यसका लागि बीमा गरेको १५ दिनको समय भने पुरा भएको हुनुपर्ने व्यवस्था गरिनेछ। ‘१४ दिनको त क्वारेन्टाइनकै अवधि भएकाले त्यसलाई मध्यनजर गर्दै १५ दिनको ग्याप पिरि`यड राखिएको हुन्छ’ अधिकारीले सेतोपाटीसँग भने।बीमितको कम्पनीहरुले बीमा आवेदन स्वीकृत गरेको १५ दिनपछि पिसिआरमार्फत कोरोना पोजेटिभ देखिएमा उसले बीमा रकम प्राप्त गर्नेछ।सबै जिल्लामा एकै दिनबाट यो बीमा लेख जारी गर्न समितिले निर्देशन दिएको छ। हाल संचाल`नमा रहेका २० वटै निर्जीवन बीमा कम्पनीले कोरोनाको बीमा लेख जारी गर्नुपर्नेछ।
कोरोनाको उपचार सरकारले नै गर्ने प्रतिवद्धता जनाएको छ। यद्यपी लामो समय अस्पताल वा क्वारेन्टाइनमा बस्नु`पर्ने अवस्थामा व्यक्तिको पेशा प्रभावित हुने भएकाले सो रकमबाट घरखर्च चलाउन मद्दत पुग्नेछ। यसले कोरोनाबाट परिवारमा पर्न सक्ने आर्थिक जोखिमलाई न्यून गर्न मद्दत पुग्नेछ।अनला`इनका माध्यमबाट समेत सर्वसाधारणले इच्छा लागेको कम्पनीको बीमालेख खरिद गर्न सक्नेछन्।