News

इँटा भट्टाका मजदूर भन्छन्– रोगलेभन्दा भोकले मा`र्ने भयो

सुनिल अछामी मात्रै १४ वर्षका भए । कक्षा पाँचमा पढ्दा पढ्दै पैसा कमाउने लोभमा परे । बाबा आमा पनि काठमाडौँको खाल्डोमा हा`न्निए । रामेछापबाट काठमाडौँ छिरेका अछामी ललितपुरको गोदावरी नगरपालिका– १३ झरुवाराशीमा रहेको बज्र इँटा भट्टामा खच्चड धपाउने काम गर्छन् । कोरोना भाइरसको महामा`रीका कारण संसार नै त्राहीमान छ । नेपाल पनि त्यसबाट अछुतो छैन । तर अछामीलाई त्यसले कुनै फरक पारेको छैन । बिहान घाम उदाउँदा बिउझने उनका आँखा दिनभर खच्चड धपाउँदैमा बित्छ ।

मासिक रु सात हजार कमाउँथे अछामीले । पछिल्लो समयमा कोरोना भाइरसको प्रकोपका कारण भट्टामा काम खासै चलेको छैन । तैपनि उनको काम नियमित जस्तै छ । पढ्न छाडेर किन यहाँ आएको त बाबु ? हाम्रो प्रश्नको उत्तर दिन खोजेनन्, उनले । मात्रै फिस्स हाँसे । उनले धपाउँदै गरेको ख`च्चड पनि हाम्रो कुरा सुने जस्तै गरेर उभिरह्यो । केही समय लगाएर उनले भने, ‘पढ्न मन नलागेर यता आएको । दिनभरि यही काम गर्छु ।’

बाल`श्रमलाई कानूनले बर्जित गरेको भए पनि सो इँटा भट्टाका सञ्चा`लकले त्यसमा कुनै ध्यान दिएका छैनन् । कोरोना कहरका कारण घर जाऔं जस्तो त भएको छ रे, उनलाई । तर सवारी साधन नचलेका कारण लकडाउनमा पनि खच्चड धपाउनु, खच्चडलाई इँटा बोकाउनुु उनको दैनिकी बनेको छ । ‘सर खाने चामल केही छैन, हामीलाई केही दिन आउनुभएको हो र ?’ अछामीले भने, ‘सर काम नभएका कारण हामी त भोकै पर्लाऔँ जस्तो छ, केही राहत पाइन्छ भन्ने सुनेको थियौँ, हामीलाई त कसैले केही दिएका छैनन् ।’

इँटाभट्टा सञ्चा`लकले केही दिएका छैनन् ? हाम्रो अर्को प्रश्न थियो, उनलाई । ‘छैन सर छैन, केही दिएका छैनन्’, अछामीले धपाइरहेको खच्चडको ढाड गले जस्तो ग¥यो । हिँड न जाऔँ भने जस्तै गरी करायो । चर चर उनका खुट्टा फुटेका छन् । रिङ्कु सहनी सर्लाहीबाट ललितपुरको झरुवाराशीमा काम गर्न आएकी हुन् । भालेको डाँकसँगै इँटाभट्टामा खैलाबैला शुरु हुन्छ । बिहान उदाउँदा उनको काखे बालक पनि सँगै ब्युँउझन्छ ।

दिनभर इँटा बनाउने उनको दैनिकी उस्तै छ । सरकारले कोरोना सङ्क्र`मण रोक्नका लागि लकडाउन गरे पनि उनलाई कुनै फरक परेको छैन । खाने सामल सकिएकाले चिन्ता बढाएको छ । ‘छैन सर, छैन, साहुहरु आउँछन् मात्रै केही दिएका छैनन्’, उनले भने, ‘एक हप्तामा रु एक हजार दिएर गएका थिए, सोही पैसाले पाँच किलो चामल किनेको, भोलि बिहानसम्मलाई मात्रै पुग्छ, त्यसपछि के गर्ने हो ? कुनै ठेगान छैन ।’ हामीसँग कुरा गर्दै गर्दा उनको बच्चा ब्युँ`झियो र रुन थाल्यो ।

उमेशबहादुर श्रेष्ठ सर्लाहीको वरहथवाबाट भट्टा पार्न बज्र इँटाभट्टामा आएका हुन् । उनको कमाण्डमा २२ जनाले इँटा बनाउने काम गर्छन् । ‘हाम्रो कुनै माग छैन, घर जान पाए हुन्थ्यो, घर पठाइदिन सक्नुहुन्छ त सर ? चुल्हो बाल्नलाई चामल छैन, साहुजीहरु हाम्रो मेहनतबाट धेरै पैसा कमाउँछन्, विपद्को समयमा हेरेनन्, अब यहाँ बस्नै मन छैन, कोरोनाको डरभन्दा पनि भोकको डर ठूलो भइसक्यो’ पसिनाले लपक्कै भिजेको निधार पुछ्दै उनले भने, ‘धुलोमा खेलेर हामीले धेरैका घर बनायौँ, धेरैका सपना साकार बनाइदियौं, साहुहरुलाई थप धनी बनाइदियौँ, तर हामीलाई विपद्को समयमा हेरिदिने कोही भएनन् ।’

Related Articles

Back to top button
Close