News

मेडिकल सामग्री लिन चीन उडे नेपाल एयरलाइन्सका दुवै वाइडबडी

काठमाडौं- नेपाल एयरलाइन्सका दुईवटा वाइडबडी जहाज मेडिकल सामग्री लिन चीन प्रस्थान गरेका छन्। बिहीबार साँझ दुई वटै वाइडबडी जहाज गोन्जाओका लागि प्रस्थान गरेको निगम प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्।

उनका अनुसार एउटा जहाज सांग्रिला फ्रेस चार्टर गरेको हो भने अर्को जहाज फ्ल्यास फ्रेड लजिस्टिकले गरेको हो।दुवै जहाजमा निजी क्षेत्रमा व्यवसायीको मेडिकल सामग्री ल्याइनेछ । यसअघि पनि निगमको वाइडबडी जहाजले दुई उडानबाट २० टनको हाराहारीमा मेडिकल सामग्री ल्याएको थियो।

पेट्रोलियम पदार्थको मूल्य यथावत् :: काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खपत अत्यन्त न्यून भएको भन्दै तत्कालका लागि पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्ने निर्णय गरेको छ ।आज इण्डियन आयल कर्पोरेशनबाट प्राप्त अन्तर्राष्ट्रिय बजार मूल्यबमोजिम पेट्रोल तथा डिजेलको नयाँ खरिद मूल्य केही घटेर आए पनि खपत न्यून भएकाले मूल्य नघटाइएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

निगमले ‘पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्याविधि, २०७१’ अनुसार इन्धनको बिक्री मूल्य हरेक १५/१५ दिनमा समायोजन गर्दै आएको छ ।कोभिड–१९ को फैलने जोखिम रहेको भन्दै सरकारले गत चैत ११ देखि यही वैशाख १५ गतेसम्म ‘लकडाउन’ गरेको छ ।लकडाउनमा अत्यावश्यकबाहेकका सवारी साधन नगुडेपछि पेट्रोलियम पदार्थको खपतमा कमी आएको छ ।

Related Articles

Back to top button
Close