News

हिँडेरै रसुवाबाट बुटवल पुगे मजदुरहरु, अझै पुग्नु छ दाङ र सल्यान

बुटवल । बागमती प्रदेशको हिमाली जिल्ला हो रसुवा । सोही जिल्लाको एक हाइड्रोपावरमा कार्यरत एक दर्जन हाराहारीका मजदुरहरु पैदल हिँडेरै प्रदेश नम्बर ५ को अस्थायी राजधानी बुटवल आइपुगेका छन् । बुटवल मात्रै उनीहरुको अन्तिम गन्तव्य होइन, यहाँबाट पनि दाङ र सल्लानसम्म पुग्नुछ ।

रसुवाको चिलिमे हाईड्रोपावरमा कार्यरत दाङ र सल्यानका मजदूरहरु लकडाउनको कारण समस्यामा परेपछि हिँडेरै बुटवलसम्म आइपुगेका हुन् । सरकारले चैत ११ गतेबाट लागू गरेको लकडाउनको प्रत्यक्ष मारमा मजदुरहरु परेका छन् । लकडाउनले काम बन्द भएपछि अन्य मजदूरलाई जस्तै चिमिलेमा कार्यरत ती मजदुरहरुलाई पनि काम गर्दै आएको ठाउँमा बस्न र खानाको समस्या भयो । अनि मुलक लकडाउन (बन्दावन्दी) अवस्था भएपनि राजमार्गमा खुट्टाले वित्ता नाप्दै पैदल हिँड्न बाध्य भए ।

तीन तहको सरकार कोरोनो निय`न्त्रणमा होमिएको बेला आफ्नो घर जानको लागि सयौं किलोमिटर यात्रा पैदल गर्ने मजदुरलाई न रोक्नतर्फ ध्यान दिएको छ न सवारी साधनमा पठाउनेतिर नै ध्यान दिएको छ ।बैशाख १ गते रसुवाबाट हिँडेका ती मजदूरहरु बिहीबार बिहान बुटवल आइपुग्दा धेरैजसोको खु ट्टा सुन्निएका थिए भने थकित देखिन्थ्ये। ती मध्यका एक मजदुर तुलाराम महत्राले आफ्नो घर दाङको तुलसीपुर रहेको बताए । उनले रातोपाटीसगँ भने, ‘मेरो दाङको तुल्सीपुर हो, अब तिन दिनमा पुग्छौ होला, तर सल्यानका साथीहरु नि हुनुहुन्छ उहाँहरु कहिले पुग्ने टुंगो छैन ।’

सल्यानको कपुरकोट गाउँपालिका वडा नं ६ की ४३ वर्षीया डिला वलीले आफूले पहिलो पटक यति लामो यात्रा पैदलै गरेको बताइन् । ‘रसुवाबाट हिँड्दै आउँदा खुट्टा सुन्निएका छन् । शरीर दुखेको छ । अझै कतिदिन यस्तै यात्रा हअुने हो थाहा छैन’, आफ्नो सुन्निएका खुट्टा देखाउँदै उनले भनिन् । बाटोमा उनीहरुले चाउचाउ र विस्कुट किनेर राखेका थिए । त्यही खाँदै आएका छन् । कसैकसैले हिँड्दै गर्दा पानी र चाउचाउ पनि दिए ।

रसुवाबाट हिडेपछि धादिडको गल्छीमा एक जनाले खाना खुवाएका थिए । त्यसपछि राजमार्गको पैदल यात्रा चाउचाउ र विस्कुट भर भएको उनीहरुले बताए । उनीहरु राजमार्गमा राति पनि हिँडे दिउँसो पनि । धेरै थकाई लागेमा प्रतिक्षालयमा केही घण्टा सुत्ने गरेको बताए ।हिजो नवलपरासीको दाउन्नेको उकालोका सुतेको महत्राले बताए । उनले भने, ‘हामीलाई रातदिन भन्ने हुँदैन, हिँडेको हिँडैकै गर्ने हो । जहाँ निकै थकाइ लाग्छ त्यहिँ १,२ घण्टा आराम गर्ने हो ।’

Related Articles

Back to top button
Close