Lifestyle/ Health

कोरोनाभाइरसबारे पत्ता लगाउने महिला को थिइन् ???

मानिसमा पहिलो पटक कोरोनाभाइरसको खोजी गर्ने महिला स्कटल्याण्डका एक बस ड्राइभरकी छोरी थिइन् जसले १६ वर्षमा स्कूल छोडेकी थिइन् । ती महिलाको नाम थियो जून अलमेडा जसले भाइरस इमेजिङको क्षेत्रमा चर्चित व्यक्तित्वको सूचीमा आफ्नो नाम लेखाउन चाहन्थिन् ।तर कोभिड–१९ महा`मा`रीको समयमा जूनको काम चर्चा भइरहेको छ र उनको खोज चर्चाको केन्द्रमा छ ।

कोभिड–१९ एउटा नयाँ भाइरस हो तर यो कोरोना भाइरसकै एक प्रकार हो जसको खोज डाक्टर अलमेडाले सबैभन्दा पहिले सन् १९६४ मा लण्डनको सेन्ट थोमस अस्पतालमा रहेको प्रयोगशालामा गरेकी थिइन् ।भाइरोलोजिस्ट जून अलमेडाको जन्म सन् १९३० मा भएको थियो । स्कटल्याण्डको ग्लासगो शहरको उत्तर–पूर्वस्थित एक बस्तीमा बस्ने निकै साधारण परिवारमा उनको जन्म भयो ।१६ वर्षको उमेरमा स्कूलको पढाई पूरा गरेपछि जूनले ग्लासगो शहरकै एक प्रयोगशालामा प्राविधिकको रुपमा काम गर्न सुरु गरिन् ।पछि उनी नयाँ सम्भावना खोज्नका लागि लण्डन गइन् । त्यहाँ बार्थोलोमेउ अस्पतालमा आफ्नो करियर अघि बढाइन् । सन् १९५४ मा उनले भेनेजुलाका कलाकार एनरिके अलमेडासँग विवाह गरिन् ।

सामान्य रुघा–खोकीमाथि अनुसन्धानः स्वास्थ्य क्षेत्रका लेखक जर्ज विन्टरका अनुसार विवाह गरेको केही वर्षपछि यो दम्पत्ती आफ्नी छोरीसँग क्यानडाको टोरोन्टो शहर गएका थिए । उनी तयहााको ओन्टोरियो क्यान्सर इन्स्टिच्युटमा इलेक्ट्रोनमाइक्रोस्कोपिस्टको रुपमा काम गरिन् । औपचारिक शिक्षा थोरै भएपछि उनको क्षमताका कारण उनको क्रमशः प्रोमोशन भइरह्यो । क्यानडाकै ओन्टारियो क्यान्सर इन्स्टिच्युटमा डाक्टर जून अलमेडाले एक इलेक्ट्रोन माइक्रो स्कोपको सहारामा आफ्नो उत्कृष्ट कौशल विकसित गरिन् । यो संस्थानमा काम गर्दै गर्दा उनले एउटा यस्तो विधिमा विशिष्टता हाँसिल गरेकी थिइन् जसको मद्दतले भाइरसको कल्पना गर्न निकै सजिलो भएको थियो ।

कोरोनाभाइरस नाम कसले दियो ?

डाक्टर टायरेलले उक्त नमूनाका परीक्षण गर्न चाहे । यसका लागि उनले डाक्टर जून अलमेडाको मद्दत लिने सोचे ।उक्त स्याम्पल परीक्षणका लागि डाक्टर अलमेडालाई पठाइयो जसले परीक्षणपछि भनिन्, ‘यो भाइरस इन्फ्लूएन्जाजस्तो देखिन्छ तर यो त्यो होइन, यो निकै भि न्न छ ।’र यो त्यहि भाइरस हो जसको पहिचान पछि डाक्टर जून अलमेडाले कोरोना भाइरसको रुपमा गरिन् ।जर्ज विन्टरले भने, ‘डाक्टर अलमेडाले वास्तवमा यो भाइरसजस्तो कण योभन्दा अघि मुसामा पाइने हेपिटाइटिस र कुखुरामा हुने संक्र मित रोग ब्रोन्काइटिसमा देखेकी थिइन् ।’विन्टरका अनुसार डाक्टर जूनको पहिलो रिसर्च पेपर खारेज गरियो । उनले इन्फ्लूएन्जा भाइरसकै खराब तस्बिर पेश गरेको भन्दै उनको उक्त रिसर्च पेपर रद्द गरिएको थियो ।

तर स्याम्पल संख्या बी–८१४ माथि गरिएको यो नयाँ अनुसन्धानलाई सन् १९६५ मा प्रकाशित भएको ब्रिटिश मेडिकल जर्नलमा र त्यसको दुई वर्षपछि जर्नल अफ जेनरल वायरोलोजीमा तस्बिरसहित प्रकाशित गरियो ।जर्ज विन्टरका अनुसार डाक्टर टायरेल, डाक्टर अलमेडा र सेन्ट थोमस मेडिकल संस्थानका प्राध्यापक टोनी वाटरसनले यो भाइरसको अग्लो–होचो बनावट देखेरै यसको नाम कोरोना भाइरस राखेका थिए ।पछि जून अलमेडाले लण्डनको पोस्टग्रेजुएट मेडिकल कलेजमा काम गरिन् । त्यहिँबाट उनले आफ्नो डक्ट्रेटको पढाई पनि पूरा गरिन् । आफ्नो करियरको अन्तिम दिनमा डाक्टर जून अलमेडा वेलकम इन्स्टिच्युटमा थिइन् जहाँ उनले इमेजिङमार्फत् थुप्रै नयाँ भाइरसको पहिचान गरिन् ।

वेलकम इन्स्टिच्युटबाट अवकाश लिएपछि डाक्टर अलमेडा योगा शिक्षिका बनेकी थिइन् ।तर सन् १९८० को दशकमा उनलाई संरक्षकको रुपमा एचआइभी भाइरसको नोवल तस्बिर लिनका लागि बोलाइएको थियो ।सन् २००७ मा जून अलमेडाको निधन भयो । त्यतिबेला उनी ७७ वर्षकी थिइन् ।अब उनको मृत्यु भएको १३ वर्ष बितिसकेको छ र उनको कामले अहिले मान्यता पाइरहेको छ जसको उनी हकदार थिइन् । एक उत्कृष्ट अनुसन्धानकर्ताको रुपमा उनको स्मरण गरिँदैछ किनभने उनको अनुसन्धानकै कारण अहिलेको समयमा संसारभरी फैलिरहेको कोरोनाभाइरसको संक्र`मण बुझ्न मद्दत पाइरहेको छ ।

Related Articles

Back to top button
Close