Hot News

नेपालमा कोरोना भाइरस जानीजानी अरुलाई सारेमा १० वर्षसम्म कैद र १ लाख रुपैयाँसम्म जरीवाना हुने

बैशाख ४, २०७७ बिहिबार,काठमाडौं । नेपालको कानुनअनुसार सरुवा रोग फैलाए/सारे १० वर्ष जेल सजाय तोकिएको छ । कोरोना जस्ता सरुवा रोग एक ब्यक्तिबाट अर्को ब्यक्तिमा जानीजानी अरुलाई सारेमा १० वर्षसम्म कैद र १ लाख रुपैयाँ सम्म जरीवाना हुने व्यवस्था छ । मुलुकी फौजदारी अपराध सं हिता २०७४ मा कसैको ज्यानलाई खतरा पुर्याउन सक्ने कुनै किसिमका संक्रा`मक रोग फैलाउने वा फैलन सक्ने कुनै पनि काम गर्न नहुने व्यवस्था रहेको छ ।


लकडाउनमा खोल्न मिल्ने पसलबारे चितवन प्रशासनले जारी गर्यो सूचना : चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले एक सूचना जारी गर्दै जिल्लामा खोल्न मिल्ने पसल र सवारी साधानबारे जानकारी गराएको छ। लकडाउन जारी हुँदा जिल्ला प्रशासनले सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो। सरकारले पछिल्लो समय लकडाउनको समयावधि थपेर बैशाख १५ गतेसम्म पुर्याएको छ। संक्र`मणका घटना बढ्दै गएपछि लकडाउनमा कडाई गरिँदै आएको छ।

लकडाउन उल्लंघन गरेर मर्निङ वाक जानेलाई पुसअप सजाय : काठमाडौं । प्रहरीले लकडाउन उल्लंघन गर्नेमाथि कारवाही गर्दै आएको छ। यसैबीच भैरहवामा लकडाउनलाई उल्लंघन गर्नेलाई बिहीबार सडकमै पुसअप गर्न लगाएर सजाय दिइएको छ। बिहान समूह बनाएर मर्निङ वाकमा निस्केका ५० जनामध्ये जेष्ठ नागरिकलाई सम्झाइबुझाइ र युवालाई भने सडकमै पुसअप व्यायाम गराइ कारबाही गरिएको हो।

Related Articles

Back to top button
Close