Corona (COVID-19) UpdatesInternational News

महा`मा`रीको समयमा कतारमा नेपाली श्रमिकहरूलाई गैरकानुनी ढङ्गमा निकालियो

कोभिड–१९ परीक्षण गर्न लागिएको भन्दै कतारी अधिकारीहरूले सयौँ आप्रवासी श्रमिकहरूलाई आफ्नो निय`न्त्रणमा लिएको र कैयौँलाई स्वेच्छाचारी ढङ्गमा निष्कासन गरेको एम्नेस्टी इन्टरनेसनलले जनाएको छ ।

एम्नेस्टी इन्टरनेसनलले फागुन २९ र ३० गते कतार प्रहरीले गिरफ्तार गरेका २० जना नेपाली श्रमिकहरू सँग अन्तर्वार्ता लिएको थियो । उनीहरुका अनुसार प्रहरीले प्रायः सबैलाई कोभिड–१९ को परीक्षणका लागि लगिन लागेको तथा परीक्षण सकिएपछि उनीहरूलाई आ–आफ्नो आवासमा फर्काइदिने भनेको थियो । तर उनीहरूलाई हिरासत केन्द्रहरूमा लगियो र धेरै दिनसम्म त्यहाँ राखेर पछि नेपाल पठाइयो ।

गिरफ्तारी र हिरासत

फागनु २९ गते बिहीबार र ३० गते शुक्रबार सयौँ आप्रवासी श्रमिकहरूलाई प्रहरीले घेरा हालेर निय`न्त्रणमा लियो र दोहाको औद्योगिक क्षेत्र, बारवा शहर र लेबर शहरसमेत विभिन्न भागहरूमा उनीहरूलाई हिरासतमा राख्यो । आफ्नो आवासबाट बाहिर सब्जी खाद्यान्न लगायतका सरसामान किनमेल गर्न गएको बेला उनीहरूलाई गिरफ्तार गरिएको थियो ।

केही श्रमिकहरूले प्रहरीले उनीहरूलाई खासगरी कोभिड–१९ परीक्षणको लागि लान लागेको र पछि उनीहरूको आवासमै फर्काइदिने भनी भनेको बताए । अन्य श्रमिकहरूले भने प्रहरीले अरेबिक भाषामा कुरा गरेको र आफूले कोरोना भन्ने शब्द मात्र बुझेको बताए ।

Related Articles

Back to top button
Close