News

काठमाण्डौमा यस्ता मोटरसाइकल, स्कुटर चलाउनेलाइ तुरुन्त कडा कारवाही गर्दै प्रहरी !!

महानगरीय ट्राफिक प्रहरी महाशाखाले चर्को आवाज तथा स्वरुप परिवर्तन गरेर मोटरसाइकल चलाउने चालकलाई कारवाही अभियान थालेको छ । महाशाखाले मोटरसाइकलले ध्वनी प्रदूषण हुनेगरी शहरमा कोलाहल मच्चाउँदै ठूलो आवाजले गुडाउने, स्वरुपपरिवर्तन गरी चलाउने, लापरवाही ढङ्गले चलाउनेलाई कारवाही थालेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो ।

त्यस्ता मोटरसाइकलका कारण दुर्घटना बढ्ने भएकाले सर्व साधारणमा अनावश्यक आवाजका कारण आ’तङ्कित तुल्याउने भएकाले कारवाही थालिएको हो । जथाभावी रुपमा साइलेन्सरलाई मोडिफाई गरेर, फिल्टर निकालेर वा कम्पनीबाट नै ठूलो आवाज निस्कने बनाइएका मोटरसाइकललाई उपत्यकाभित्र मात्र नभइ देशैभर सञ्चालनमा ट्राफिक प्रहरीले कडाइ गरेको जनाइएको छ ।

ठूलो आवाजका कारण ध्वनी प्रदूषण तथा दुर्घटना जस्ता समस्या आम सर्वसाधारणले व्यहोर्नु परेको छ । त्यस्ता बाइक तीव्र गतिमा कुदाइने र त्यसमा ठूलो आवाज हुने भएकाले ध्वनी प्रदूषण हुने गरेको छ । महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठका अनुसार त्यसरी समातिएका मोटरसाइकललाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम जरिवानास्वरुप रु एक हजारदेखि रु १५ हजारसम्म जरिवाना गराइएको छ ।

समातिएका मोटरसाइकलमध्ये कम्पनीबाटै ठूलो आवाज आउने मोटरसाइकलाई चलाउन रोक लगाएको छ । त्यसैगरी मोडिफाइ गरेर ठूलो आवाज आउने बनाइएका मोटरसाइकललाई भने पुरानै स्वरुपमापरिवर्तन गर्न लगाएर मात्र छाड्ने महाशाखाका प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।यस्ता किसिमका मोटरसाइकल कतै गुदिरहेको देखेमा ट्राफिक प्रहरीको हट लाइन १०३ मा जानकारी गराउनसमेत प्रहरीले अनुरोध गरेको छ ।

Related Articles

Back to top button
Close