International News

पिज्जा डेलिभरी गर्ने व्यक्तिमा देखियो कोरोनाभाइरस, ७० जना क्वारेन्टाइनमा

भारतको राजधानी दिल्लीमा ७० जना व्यक्तिलाई क्वारेन्टाइनमा पठाइएको छ । पिज्जा डेलिभरी गर्ने व्यक्तिमा कोरोनाभाइरस संक्र`मण देखिएपछि ७० जनालाई क्वारेन्टाइनमा पठाइएको हो ।

इन्डियन एक्सप्रेसको खबर अनुसार अहिलेसम्म यीमध्ये कसैको पनि परी`क्षण भएको छैन ।अधिकारीले भने, ‘यी सबैलाई होम क्वारेन्टाइन गरिएको छ र यदि यीमध्ये कसैमा लक्षण देखिए उनीहरुको परीक्षण गरिनेछ ।’

भारत हालै कोरोनाभाइरस संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको छ । भारतमा मे ३ सम्म लकडाउन छ तर दैनिक उपभोग्य वस्तुलगायत अन्य आवश्यक वस्तुको ढुवानीमा प्रतिबन्ध लगाइएको छैन ।

काठमाण्डौमा यस्ता मोटरसाइकल, स्कुटर चलाउनेलाइ तुरुन्त कडा कारवाही गर्दै प्रहरी !
महानगरीय ट्राफिक प्रहरी महाशाखाले चर्को आवाज तथा स्वरुप परिवर्तन गरेर मोटरसाइकल चलाउने चालकलाई कारवाही अभियान थालेको छ । महाशाखाले मोटरसाइकलले ध्वनी प्रदूषण हुनेगरी शहरमा कोलाहल मच्चाउँदै ठूलो आवाजले गुडाउने, स्वरुपपरिवर्तन गरी चलाउने, लापरवाही ढङ्गले चलाउनेलाई कारवाही थालेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो ।

Related Articles

Back to top button
Close