Corona (COVID-19) UpdatesInternational News

६ महिनाकी बच्चीलाई कोरोनाको संक्र`मण भएपछि भेन्टिलेटरमा राखेर उपचार हुँदै !

कोरोना भाइरसको महा मा`रीले विश्वका २ सय १० वटा देशलाई आक्रान्त बनाएको छ । चीनको वुहान सहरमा २०१९ को डिसेम्बरमा पहिलो पटक देखिएको कोभिड १९ को असर पछिल्लो समय अमेरिका र युरोपका केही देशमा बढी देखिन थालेको छ । चीनले भने २ महिनाको लकडाउनपछि संक्र`मणलाई लगभग नियन्त्र`णमा राखेको छ । अमेरिका, स्पेन, इटाली, फ्रान्स, जर्मनी, युके, इरान लगायत देशमा हरेक दिन नयाँ संक्र`मित भेटिएका छन् ।

संसारभर कोरोना भाइरस संक्र`मितको संख्या २० लाख नजिक पुगेको छ। कोरोना भाइरसको पछिल्लो विश्व विवरण अनुसार संसारभर कुल संक्र`मितको संख्या १९ लाख ९८ हजार १ सय ११ रहेको छ। यसैगरी संक्र`मितमध्ये ४ लाख ७८ हजार ६ सय ५९ जना कोरोनाबाट निको भएका छन्। यस्तै मृ-तक संख्या १ लाख २६ हजार ६ सय ४ पुगेको छ।

यसै बीच साना ठूला, युवा वृद्ध कसैलाई पनि कोरोनाले आफ्नो शिकार बनाउन छोडेको छैन । बेलायतमा एक ६ महिनाकी बच्चीलाई कोरोनाको संक्र`मण भएको छ । पहिले देखि नै हृदयरोगकी बिरामी रहेकी बच्ची एरिन बेट्लाई कोरोनाको संक्र`मण भएको पाइएको हो । ब्रिटेनको ग्रेट म्यान्चेस्टरकी उनलाई लिभरपुलको एक अस्पतालमा भर्ना गरिएको छ । उनलाई अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भईरहेको छ । बच्ची सानै भएकोले उनकी आमा एम्मा बेट्सलाई पनि अस्पतालमै राखिएको छ । उनका पिता बेनी बेट्सलाई भने घर पठाईएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा खबर छ । केहि समय अगाडी विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले युवाहरु पनि कोरोना भाइरस संक्र`मणको उच्च जोखिममा रहेको चेतावनी दियो । डब्लूएचओले जथाभावी हिँडडुल नगर्न र बालबालिका तथा पाका व्यक्तिसँग घुलमिल नगर्न युवाहरुलाई सुझाव दिएको थियो ।

‘युवाहरुको रोग प्रतिरोधात्मक क्षमता कोरोना भाइरसबाट मुक्त छैन । उनीहरु कसैको मृ’त्यु र जीवनको कारक ब`न्न सक्छन् । त्यसैले युवाहरुले बालबालिका, पाका व्यक्ति र कमजोर स्वास्थ्य भएकाहरुसँग दुरी कायम राखुन् ।’धेरैजसो देशहरुमा कोरोना भाइरसबाट वृद्धवृद्धा धेरै प्रभावित हुन्छन् र युवाहरुलाई कोरोना भाइरस संक्र`मणको जोखिम कम हुन्छ भन्ने अफवाह फैलिइरहेको बेला डब्लुएचओले यस्तो चेतावनी दिएको थियो । डब्लूएचओको मुख्यालयमा आयोजित अनलाइन प्रेस कन्फ्रेन्समा गिब्रियसोसले भने, ‘कोरोना भाइरसबाट पाका व्यक्तिहरु बढी प्रभावित भएका त छन् नै, तर युवाहरु पनि यसबाट जोगिएका छैनन् ।’

उनले युवाहरुलाई चेतावनी दिँदै भने, ‘तपाईंहरु अजय हुनुहुन्न । कोरोना भाइरसले तपाईंलाई एक हप्तामै अस्पताल पु¥याउनसक्छ या मा`र्न पनि सक्छ । यदि तपाईं बिरामी हुनु भएन भने पनि कसैको मृ`त्युको कारण ब`न्न सक्नु हुन्छ ।’इम्युनिटी अर्थात् रोगसँग लड्ने क्षमता व्यक्ति व्यक्तिमा फरक हुन्छ। सामान्यतया स्वस्थ वयस्कको रोग प्रतिरोधात्मक क्षमता उच्च हुन्छ र बा`ह्य तत्त्व (भाइरस, व्याक्टेरिया, बिष, धुलो आदि) शरीरमा प्रवेश गर्ने बित्तिकै हाम्रो प्रतिरक्षा सेना सतर्क हुन्छ र त्यसविरुद्ध लड्न परिचालित हुन्छ। त्यसैले जसको सेना कमजोर छ त्यो हार्छ, प्राकृतिक नियम नै हो।

कोरोना पर्याप्त संख्यामा शरीरमा प्रवेश गरेपछि (incubation period) संक्र`मणको लक्षण देखा पर्छ। स्वस्थ्य वयस्कहरु रोगले थला परे पनि रोगसँग हार्दैन। जसको प्रतिरोध क्षमता (immunity) कमजोर छ, जस्तै उमेर ढल्केका, कुनै ठूलो रोग भएकाहरु जस्तै किड्नी फेरिएका, डायबिटिज भएका, हेपाटाइटिस भएका, कुनै ठूलो सर्जरी गरेर बसेका वा सुत्केरीमा जोखिम बढी हुन्छ। सामन्यतया नवजात शिशु पनि यस वर्गमा पर्नुपर्ने हो तर यो कोरोनाचाहिँ नवजात शिशु तथा बालकमा दयालु भएको देखिन्छ।

Related Articles

Back to top button
Close