Corona (COVID-19) Updates

एक मात्र फल्स नेगेटिभ केस नेपालका लागि कोरोना बम ब`न्न सक्ने खतरा

र्‍यापिड डायग्नोस्टिक टेस्ट किट एन्टिबडी एन्टिजिन रियाक्सनको सिद्धान्तमा आधारित किट हो । सार्स कोभ–२ कोरोनाभाइरस मानिसको शरीरमा प्रवेश गरेपछि र सङ्ख्या वृद्धि भएपछि मानिसको शरीरले कोरोनाभाइरस विरुद्ध मानिसको शरीरले एन्टिबडी बनाउँछ । यो किट मानिसको रगतको नमुनामा कोरोनाभाइरस विरुद्धको सोही एन्टिबडी छ या छैन भनी जाँच गर्ने सिद्धान्तमा आधारित प्रविधि हो ।

कोरोनाभाइरस मानिसको मुख वा नाकबाट स्वासनली हुँदै फोक्सोभित्र प्रवेश गरी फोक्सोको सेलमा भएको एन्जियोटेन्सिन कन्भर्टिङ इन्जाइम २ भन्ने रिसेप्टर (भाइरस टाँ सिने प्रोटिन)मा टाँसिए पछि भाइरस सेलभित्र प्रवेश गर्दछ र आफ्नो सङ्ख्या` वृद्धि गर्न थाल्छ । जब भाइरसको सङ्ख्या` शरीरमा बढ्न थाल्छ तब मात्र मानिसको शरीरले भाइरस विरुद्ध एन्टिबडी बनाउन सुरु गर्दछ । यो सबै प्रक्रिया हुनको लागि एक जना स्वस्थ मानिसमा ८ देखि १० दिन लाग्दछ ।

यो सबै प्रक्रिया हेर्दा मानिसमा भाइरस प्रवेश गरेको ८ देखि १० दिनपछि मात्र र्‍यापिड डाय`ग्नोस्टि टेस्टमा पोजेटिभ देखिने सम्भावना हुन्छ । तर त्यसमा पनि यो किटको संवेदनशीलता र विशिष्टता ज्यादै कम भएकाले भाइरस लागेको मानिसमा पनि नेगेटिभ नतिजा दिन सक्ने सम्भावना ज्यादै धेरै हुन्छ ।मानिसको शरीरमा कोरोनाभाइरसको ल`क्षण देखिनु अगावै र एन्टिबडी बन्नु अगावै अन्य मानिसमा रोग सार्न सक्ने गुण भएकाले र यो भाइरसको सङ्क्र`मण क्षमता र दर अन्य भाइरसभन्दा धेरै भएको हुँदा एउटा मात्र फल्स नेगेटिभ (भाइरस लागेको तर टेस्टमा नेगेटिभ आएको) मानिस देशका लागि खतरा बन्न सक्छ ।

यस किटको आधिकारिक कागजमा नै यो टेस्ट किट भाइरस लागेको पक्का गर्ने खालको किट नभएको र नेगेटिभ आएको खण्डमा पुनः पीसीआर विधि र अन्य जाँचबाट पुनः परीक्षण गर्नुपर्ने लेखिएको छ । त्यसैले हाल नेपालमा र्‍यापिड टेस्ट किट प्रयोग गरिनु कुनै पनि कोणबाट उपयोगी छैन । किनभने नेपालमा सबै क्वारेन्टाइनमा राखिएको मानिसको मात्र टेस्ट गरिँदै आएकाले आरडीटी प्रविधिबाट उनीहरुमा कोरोनाभाइरसको संक्र`मण रहे–नरहेको सही रुपमा पत्ता लाग्न सक्ने सम्भावना ज्यादै न्यून हुन्छ ।

फल्स नेगेटिभ र पोजेटिभ भनेको के हो?
कुनै मानिसमा भाइरस लागेको छैन र टेस्ट गर्दा विभिन्न कारण (अन्य नमुनासँग मिसिन गएमा, सही ‌ढंगले सही बेलामा नमूना संकलन नगरिएको स्थितिमा वा अन्य प्राविधिक) ले गर्दा पोजेटिभ नतिजा आएमा त्यसलाई फल्स पोजे`टिभ केस भानिन्छ ।कोरोना भाइरसको केसमा कोही मानिसमा फल्स पोजेटिभ नतिजा आएमा त्यस मानिसलाई आइसोलेसनमा राखिन्छ र उपचार गरिन्छ । पुनः टेस्ट दोहोर्‍याइन्छ । यसरी फल्स पोजेटिभ आएमा सम्बन्धित व्यक्ति र उसको परिवार अनि समुदायलाई कुनै नकारात्मक असर पर्दैन ।कुनै मानिसमा भाइरस लागेको छ र टेस्ट गर्दा (जस्तो कि र्‍यापिड टेस्टको कारण वा पीसीआरमा पनि विभिन्न कारणले) गर्दा नेगेटिभ नतिजा आएमा त्यसलाई फल्स नेगेटिभ केस भनिन्छ ।

Related Articles

Back to top button
Close