Religious

कोरोना निय`न्त्रणको कामना गर्दै पशुपतिनाथमा विशेष पूजा

काठमाडौं- विश्वभर महामा`रीका रुपमा फैलिएको कोरोना भाइरसको संक्र`मण नियन्त्रणको कामना गर्दै पशुपतिनाथमा विशेष पूजा गरिएको छ । गत सोमबार नयाँ वर्षको अवसर पारेर पशुपतिनाथमा विशेष पूजा गरिएको हो ।

नयाँ वर्षको अवसरमा पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले वि`श्वका सबै मानिस कोरोना संक्र`मणबाट चाँडै मुक्ति होऊन् भनी उक्त पूजा गरेका हुन् ।

व्यक्तिगत पहलमा विश्वका सबै मानिस कोरोनो संक्र`मणको जोखिमबाट मुक्त होउन् भन्ने कामनासहित पशुपतिनाथ मन्दिरमा सवा लाख दीप प्रज्ज्वलन सहितको लघु`रुद्री लगाइएको उनले बताए ।

चिनको वुहानबाट शुरु भएको कोरोना भाइरसका कारण वि`श्व त्रसित छ । कोरोना भाइरसले विश्वमा १ लाख २६ हजार ५३८ को मृ`त्यु, १९ लाख ९६ हजार बढी संक्र`मित भएका छन् । चीनबाट शुरु भएको कोरोनाको संक्र`मण यूरोपेली मुलुक हुँदै अहिले अमेरिका निकै आ`क्रान्त बनेको छ ।

Related Articles

Back to top button
Close