Corona (COVID-19) UpdatesInternational News

अमेरिकामा कोरोना भाइरसले एकै दिन २ हजार ३४९ जनाको मृ“त्यु

विश्वव्या`पी महा`मा`रीको रुपमा फैलिएको कोरोना भाइरसको संक्र`मण अमेरिकामा तीव्र रुपमा देखिएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा बुधबार विहान समाचार तयार पार्दा सम्म २ हजार ३४९ जनाले ज्या`न गुमाएका छन् ।

यो सँगै मृ`त्यु हुनेको संख्या २५ हजार ९८९ पुगेको छ । अमेरिकामा एकैदिन २५ हजार ३ सय बढीमा संक्र`मण देखिएसँगै संक्र`मित हुनेको संख्या ६ लाख १२ हजार ३ सय बढी पुगेको छ । अमेरिकामा संक्र`मितमध्ये ३८ जार ७२१ जना उपचारपछि निको भएका छन् । १३ हजार ४७३ जनाको अवस्था गम्भीर रहेको छ ।

५ लाख ४७ हजार ६१० जना उपचाररत छन् । चीनको वुहानबाट शुरु भएको कोरोना संक्र`मणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको हो ।यसैबीच, विश्व व्यापी रुपमा कोरोना भाइरसका कारण हालसम्म १ लाख २६ हजार ५३७ जनाले ज्या`न गुमा`एका छन् भने संक्र`मितको संख्या १९ लाख ९५ हजार ९४७ रहेको छ ।

Related Articles

Back to top button
Close