Religious
सरस्वतीका १२ नाम उच्चारण गर्नुस्, मनोकामना पूरा
काठमाडौं– आज श्रीपञ्चमी अर्थात सरस्वती पूजा । विद्यार्थीहरुले विहान सवेरै उठी नहाइधुवाई गरेर सरस्वती मन्दिरमा पूजा अर्चना गर्दैछन् ।यदी तपाइलाई सरस्वती पूजाका लागि कुनै मन्त्र तथा श्लोक आउँदैन भने चिन्ता नलिनुस् ।
यदी तपाई सरस्वतीको विभिन्न १२ नाम ११ पटक जप गर्नुस् मनोकामना पूरा हुने विश्वास राखिन्छ ।देवी सरस्वती हिन्दू धर्म की प्रमुख देवी हुन् । जसलाई ज्ञान तथा विद्याकी देवी मानिन्छ । माता सरस्वतीका यी १२ नाम उच्चारण गर्नुस् अवश्य फलदायी हुनेछ ।
- 1. भारती
- 2. सरस्वती
- 3. शारदा
- 4. हंसवाहिनी
- 5. जगती
- 6. वागीश्वरी
- 7. कुमुदी
- 8. ब्रह्मचारिणी
- 9. बुद्धिदात्री
- 10. वरदायिनी
- 11. चंद्रकाति
- 12. भुवनेश्वरी।