Corona (COVID-19) Updates

४२ दिनअघि दक्षिण कोरियाबाट नेपाल आएका युवामा कोरोना संक्रम`ण देखियो !

४२ दिनअघि दक्षिण कोरियाबाट नेपाल फर्किएका धादिङका एक युवामा र्‍यापिड टेस्ट गर्दा कोरोना भाइरस (कोभिड–१९)को संक्र`मण भेटिएको छ ।

जिल्लाको ज्वालामुखी गाउँपालिका स्थित मैदी स्वास्थ्य चौकीमा गरिएको र्‍यापिड टेष्टमा ती व्यक्तिमा कोरोना पोजेटिभ देखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रिनाथ लम्सालले जानकारी दिए ।

सोही गाउँपालिकाको वडा नम्बर ३ स्थित अमराईका ती युवा गत फागुन २० मा नेपाल फर्किएका थिए । नेपाल आएर उनी विभि`न्न जिल्लाको भ्रमणमा खुल्न आएको जनाइएको छ । उनी युनिभर्सल पिस फाउन्डे सनमा समेत आबद्ध रहेकाले कोरियन नागरिकसँग नेपाल आएपछि पनि सम्पर्क रहेको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय धादिङ स्रोतले जनाएको छ ।

उनमा कोरोना पोजेटिभ देखिएपछि जिल्ला अस्पताल धादिङवेशीको आइसोलेसनमा पठाइएको छ भने थप परीक्षणका लागि स्वा`ब टेकु अस्पताल पठाउने तयारी भएको छ । उनमा कोरोना भएको नभएको आधिकारित पुष्टि भने टेकुमा पीसीआर प्रविधिबाट परीक्षण भएपछि मात्रै हुनेछ ।

Related Articles

Back to top button
Close