News

सनसिटी अपार्टमेन्टमा लकडाउन, तल झर्न र बाहिर निस्किन नपाएपछि कौसीबाट बाहिर नियालिरहेका छन् हेर्नुहोस कारुणिक दृश्य ( तस्विर सहित)

काठमाडौँको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बसोबास गरिरहेका दुई जनामा कोरोना भाइरसको सङ्क्र`मण देखिएको छ । सोमबार ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) गर्दा कोरोना भाइरसको आश`ङ्का भएपछि उनीहरुको रियल टाइम पोलिमरेज चेन्ज रियाक्सन (पीसीआर) बाट परीक्षण गर्दा कोभिड–१९ को सङ्क्र`मण देखिएको मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीले जानकारी दिनुभयो । उनीहरुको केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो ।

उहाँका अनुसार तीन जनामध्ये अपार्टमेन्टमा बसेका ८१ वर्षीय महिला र अर्का ५८ वर्षीय पुरुषमा सङ्क्र`मण देखिएको हो । उनीहरु बेलायतबाट आएर होम क्वारेन्टाइनमा बसेका थिए । अर्को एक जनाको भने पीसीआरबाट परीक्षण गर्दा सङ्क्र`मण नदेखिए पनि पुनः परीक्षण गरिने उहाँले जानकारी दिनुभयो । अहिले तीनै जनालाई पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइ`सोलेशनमा उपचार भइरहेको छ । सह प्रवक्ता डा अधिकारीका अनुसार उक्त अपार्टमेन्टमा बस्ने सबैको परीक्षण आजैबाट शुरु गर्ने र सङ्क्र`मितहरुका नजिकका आफन्तका कन्ट्र्याक ट्रेसिङ पनि आजैबाट शुरु गरिनेछ ।

योसँगै १६ जनामा कोभिड–१९ को सङ्क्र`मण देखिएको छ । हिजो सोमबार दुई जनामा सङ्क्र`मण देखिएको थियो । उनीहरुमा सङ्क्र`मणको आश`ङ्का गरिएपछि प्रहरीले अपार्टमेन्टमा बस्ने मानिस र समुदायमा बस्ने अरूलाई हुने सम्भावित जोखिमबाट बचाउन प्रहरीले ‘सिल’ गरेको थियो । त्यस्तै सनसिटी अपार्टमेन्टमा बस्नेमा कोरोना संक्र`मण परीक्षण सुरु भएको छ । उक्त अपार्टमेन्टमा बस्ने दुई जना व्यक्तिमा कोरोना संक्र`मण देखिएपछि त्यहाँ बस्ने व्यक्तिहरुमा परीक्षण सुरु गरिएको स्वास्थ्य तथा जनसंख्या म`न्त्रालयले जनाएको छ । त्यस्तै संक्र`मित व्यक्तिको सम्पर्कमा आएकाहरुको ट्रेसिङ पनि सुरु गरिएको मन्त्रालयले मंगलबार फेसबुक`मार्फत जानकारी दिएको छ ।

Related Articles

Back to top button
Close