Corona (COVID-19) Updates

कोरोनाले लियो ‘भाइरस`भन्दा यशु ठुलो’ भन्ने पुजारीको `ज्यान

एजेन्सी । अमेरिकाको भर्जिनियास्थित न्यु डेलिभिरेन्स इभान्जेलिस्टक चर्चका पास्टर विशप जेरल्ड ग्लेनको कोरोना भाइरसका कारण आइतबार निधन भएको छ । ग्लेनकी नातिनी मार्गेरी क्र`लीले एक भिडियो सन्देश जारी गर्दै आफ्ना हजुरबुबालाई कोरोना भएको पुष्टि गरेकी छिन् ।

यसअघि २२ मार्चमा भजिर्नियाका गर्भनर राल्फ नर्थामले १० जनाभन्दा बढी व्यक्ति भेला हुन नपाउनेगरी आदेश जारी गर्नुअघि उनले चर्चमा आफ्ना भक्तजनलाई प्रवचन दिएका थिए । ‘यो डरलाग्दो भाइरसभन्दा भगवान् (यशु) ठुला छन् भन्ने मेरो गहिरो विश्वा`स छ,’ उनले भनेका थिए ।

उनले आफुलाई मर्ने डर नभएको पनि बताएका थिए । ४ अप्रिलमा ग्लेनकी छोरीले भिडियो पोस्ट गर्दै आफ्ना बाबु र आमा मार्सिया ग्लेन दुबैमा कोरोना संक्र`मण देखिएको बताएकी थिइन् । चर्चले उनको निधनमा गहिरो शोक प्रकट गरेको छ ।

शोकाकूल परिवारमा कोरोना संक्र`मणबाट बच्नुपर्ने चुनौती समेत रहेकाले उनीहरुलाई आफ्नै ढंगले शोक मनाउन दिइने चर्चको विज्ञप्तीमा उल्लेख छ । चर्चले संक्र`मितहरुको छिटो शिघ्र स्वास्थ लाभको कामना पनि गरेको छ ।

Related Articles

Back to top button
Close