Hot News

फेरी काभ्रेका दुई युवामा कोरोना संक्र`मण देखियो

शंखरापुर न. पा.को छिमेकि नगर काभ्रेपलाञ्चोक जिल्लाको बेथान्चोक गाउँपालिका र मण्डनदेउपुर नगरपालिकामा एक एक जनामा द्रु’तग’तिको परिक्षणमा कोरोना सं’क्रमणको लक्षण देखिएको छ । थप परिक्षणका लागि धुलिखेल अस्पतालमा ल्याईएको छ । बेथा`न्थोक गाउँपालिका वडा नम्वर ५ का २८ बर्षिय युवालाई आ’रडि’टी परिक्षणमा कोरोना भाईरसको संक्र`मण देखिएको हो ।

उहाँ चैत्र ९ गते भारतबाट नेपाल फर्किनु भएको थियो । उहाँलाई आज नै धुलिखेल अस्पतालमा थप परिक्षणका लागि ल्याईएको छ ।पहिलो परिक्षणमा उहाँलाई सं’क्रमण देखिए पनि दोश्रो परि`क्षणमा नदेखिन सक्ने अस्पतालले जानकारी दिएको छ । द्रुत परिक्षणमा भएको किटले उहाँमा सं’क्रमण देखाएको हो । बेथान्चोक गाउँपालिमा २२ जना चैत्र १ गते पछि फर्किएका ब्यक्तिहरु छन् ।

त्यस्तै मण्डन देउपुर नगरपालिमा वडा नम्वर ३ नयाँ गाउँका २३ बर्षिय युवामा द्रु’तग’तिको आरडिटी परिक्षणमा कोरोना भाईरसको सं’क्रमण देखिएको हो । उहाँ चैत्र ७ गते दुबईबाट फर्किनु भएको थियो । उहाँलाई २२ दिनक्वारेन्टाईनमा राखेर घर पठाईएको थियो ।

उहाँलाई पनि थप परिक्षणका लागि धुलिखेल अस्पताल ल्याईएको छ । उहाँको स्वाबको परिक्षणपछि दोश्रो रिपोर्ट आउनेछ । काठमाडौको अपार्टमेन्टमा रहेका एक जनालाई धुलिखेलमा गरिएको आरडिटी परिक्षणमा संक्र`मण देखिएको छैन । Source -www.tajakhabar.com

Related Articles

Back to top button
Close