Hot News

लकडाउन वैशाख १५ गतेसम्म बढाउने मन्त्रि परिषदको निर्णय

सरकारले कोरोना भाइरस रोथामका लागि जारी राखेको लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको हो ।

कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सरकारले गत चैत ११ देखि १८ गतेसम्म पहिलोपटक १ हप्ते लकडाउन घोषणा गरेको थियो । त्यसपछि दोस्रोपटक चैत १७ गतेको मन्त्रिपरिषद बैठकले ७ दिन थपेर चैत २५ सम्मका लागि लकडाउन लम्ब्याएको थियो ।

उक्त अवधि सकिनु १ दिन अगावै सरकारले तेस्रोपटक जारी लकडाउन ८ दिन थपेर वैशाख ३ गतेका लागि लम्ब्याएको थियो । जसको अवधि भोलि बुधबार सकिने थियो ।त्यस्तै काठमाडौं उपत्यकामा पनि कोरोना संक्रमित देखिएपछि प्रहरीले लकडाउनमा थप कडाइ गरेको छ।

पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका दुई जनामा कोरोना पुष्टि भएसँगै प्रहरीले थप कडाइ गरेको हो। लकडाउन उल्लंघन गर्नेलाई प्रहरीले अब बल समेत प्रयोग गर्न सक्ने महानगरीय प्रहरी ले जनाएको छ ।

Related Articles

Back to top button
Close