International News

युएईमा अलपत्र नेपालीको व्य`था : सरकार सडकमा सुतिरहेका छौँ, घर फर्काऊ

म दुई सन्तान र श्रीमतीलाई छाडेर गोरखाको लक्ष्मीबजारबाट करीब ५ बजे बिहान काठमाडौँका लागि निस्किएँ । चितवन–पोखरा बसपार्कमा बस्ने बादसाह खान उर्फ सत्तार खानले देखाएको महिनाको डेढ लाख कमाउने सपनालाई बिपना बनाउन थियो । मन भारी थियो तर कठोर पनि बन्न पर्ने थियो । कतारको मेरो दस वर्षको पुरानो भोगाइ हुँदाहुदै फेरि म किन आत्तिएको छु भनेर आफूलाई सम्हाल्थे । सत्तार खानले सपनामा देखाएको महिनाको डेढ लाख, परिवारलाई पनि घुमाउन पाउने, ४ कोठाको घर बनाउन सक्ने सपना सम्झेर मन दह्रो बनाउँथे ।

होस्, घरै फर्कन्छु भन्ने पनि मनमा आउँथ्यो, तर फेरि सोच्थे – यो तेस्रो पटक साइत गरेर निस्केको छु, फर्किए भने समाजले के भन्ला ? दुःख पनि कम्ता दिए मेन पावरले । एकपटक २२ नोभेम्बर, २०१९ मा टिकट भयो तपाईको अभिमुखिकरणको तालिम लिएर श्रम गरेर हिँड्ने भनेर काठमाडौं बोलाए । साइत गरेर आएँ तर काम बनेन । पाँच हजार आउँदा जाँदा र एकरात बस्दा खर्च पनि भयो । दोस्रो पटक पनि त्यसरी नै बोलाइयो ओसो रिक्र्युमेन्टका विकास रानाले भन्नुभयो, ‘तपाईको फेरि मेडिकल गर्न पर्ने भयो अब यसपटक चाहिँ चाँडै हुन्छ ।’ फेरि मेडिकल गरेर सात हजार खर्च गरेँ ।

म्यानपावरले ईमिरेन्ट्स क्याब एलएलसीमा (ट्याक्सी ड्राईभर) तलब पन्ध्रसय दिराम र खान बस्न छ भनेको थियो । तलब र कमिसन गर्दा तीन हजार पाँचसय दिराम अर्थात् नेपाली १ लाखभन्दा माथि कमाइ हुने भनेपछि हामी खुशी थियौँ । दुबई जान पैतालिस सय दिराम र थप दुई हजार दिराम त्यहाँ गएपछि काटिने भनेर कागजमा हामीलाई ओसो म्यानपावरले साइन गर्न लगायो । नत्र जागिर नलाग्ने कुरा बताएपछि केही पाउन केही गुमाउन पर्छ भन्ने लाग्यो। । तेस्रो पटक अन्तरवार्तामा पास भएँ । लगतै मेडिकल गरेर गोरखा फर्किएँ ।

घर फर्किएको २ दिनमा फोन आयो । सत्तारका छोरा आसिक खानले खर्च ३ लाख ५० हजार लाग्ने बताएपछि म खत्रकै परेँ । मानिसको मन हो फेरि लोभ पनि लाग्यो । परिवारसँग सल्लाह गरेर जति लागे पनि जाने निर्णयमा म पुगेँ । पैसा पनि ३ पटक गरेर पठाएँ । सबै प्रमाण मसँग सुरक्षित छन् ।

Related Articles

Back to top button
Close