International News

कोरोना भाइरसले आक्रा`न्त अमेरिकामा आँधीले दियो थप पीडा, ३० जनाको मृ`त्यु

अमेरिका- विश्वव्यापी महामारीको रुपमा फैलिकएको कोरोना भाइरसले अमेरिका आक्रान्त बनिरहेका बेला आँधीले थप पीडा दिएको छ ।अमेरिकामा विनाशकारी आँधीका कारण कम्तीमा ३० जनाको मृ`त्यु भएको जनाइएको छ । देशको दक्षिणी क्षेत्रमा पर्ने मिसि सिपी राज्यमा उनीहरुको मृत्यु भएको र अन्य क्षतिको विवरण सङ्क`लन भइरहेकोऊ अधिकारीहरुले जनाएका छन् ।

कोरोना भाइरसका कारण विश्वमै सबैभन्दा धेरै मानिसको मृ`त्यु भइरहेका बेलामा अमेरिकामा आँधीका कारण पनि मान`वीय क्षति भएको हो ।अमेरिकी सञ्चा`र माध्यमहरुले सरकारी अधिकारीहरुलाई उद्धृ`त गर्दै जनाए अनुसार घटना आइतबार भएको थियो । मौसम पूर्वानुमान विभागका अधिकारीहरुले थप आँधीको समेत सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेका छन् ।

मिसि`सिपीका गभर्नर टाटे रिभेसले सामाजिक सञ्जा`ल ट्वीटर मार्फत् राज्यभरी संकटकाल घोषणा गरिएको जानकारी दिएका छन् ।उनले लेखेका छन्, “नागरिकको स्वास्थ्य र सुरक्षालाई ध्यान दिदै राज्यमा सं`कटकालको घोषणा गर्नु परेको छ ।”उनले आँधीबाट पीडितहरुलाई सरकारले खोजी तथा उद्धार गरिरहेको पनि जानकारी दिए ।“आँधीबाट प्रभावित हाम्रा नागरिक र उनीहरुको संम्प`त्तिको रक्षा गर्न खोजी तथा उद्धा`रका लागि हामीले हाम्रा श्रोत साधनहरु परिचालन गरेका छौँ,” गभर्नर रिभेसले लेखेका छन् ।उनले कोही पनि नागरिक एक्लै नरहेको र उनीहरुको साथमा सरकार रहेको बताउदै चिन्ता नलिन आग्रह गरेका छन् ।

यसैबीच कोरोना भाइरसले अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ५ सय भन्दा बढीले ज्यान गुमाएका छन् । यो सँगै अमेरिकामा मृ`त्यु हुनेको सं`ख्या २३ हजार ६१० पुगेको छ । अमेरिकामा एकैदिन २६ हजार ७७ जनामा संक्र`मण देखिएसँगै संक्र`मित हुनेको संख्या ५ लाख ८६ हजार ३ सय नाघेकोे छ ।अमेरिकामा संक्र`मितमध्ये ३६ हजार २१८ जना उपचारपछि निको भएका छन् । १२ हजार ७७२ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भने ५ लाख २६ हजार ५४९ जना उपचाररत छन् ।चीनको वुहानबाट शुरु भएको कोरोना संक्र`मणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको छ ।

Related Articles

Back to top button
Close