Corona (COVID-19) Updates

चीनमा फेरि बल्झियो कोरोना भाइरसको संक्र`मण, २४ घण्टामा १०८ संक्र`मित

लकडाउन हटेयता लगातार कोरोना संक्र`मितको संख्या बढिरहेका छन्। यसै क्रममा कोरोना भाइरसको महा मा री लगभग निय`न्त्रणमा आएको चीनमा नयाँ चिन्ता थपिएको छ ।केही हप्तादेखि कहिले शून्य तथा कहिले केही संख्या`मा नयाँ संक्र`मित देखिएको चीनमा आइतबार एकै दिन १०८ जना नयाँ संक्र`मित भेटिएका छन् । तीमध्ये ९८ जना भरखरै विदेशबाट आएका चिनियाँ नागरिक हुन्।

बीबीसी र रोयटर्सका अनुसार यसबाट चीनमा कोभिड-१९ को दोस्रो तरंग शुरु हुने जोखिम देखिएको छ। आन्तरिक बिरामी कम हुँदै जाँदा कोरोना भाइरस संक्र`मणको उद्‍गम स्थल वुहानमा ११ सातादेखि लगाइएको लकडाउन गत साता हटाइएको छ।

आइतबार चीनमा कोभिड-१९ का कारण दुई जनाको निधन भयो। हालसम्म चीनमा मृ`तक संख्या तीन हजार तीन सय ४१ पुगेको छ। यस्तै, कोभिड-१९ को लक्षण देखिएका ६१ जना बिरामी पनि आइतबार रेकर्ड भएका छन्। उनीहरूको परी`क्षण भइरहेको अधिकारीहरूले जनाएका छन्।

पछिल्लो केही हप्ता यता एक दिन यति धेरै संक्र`मित पुष्टि भएको यो पहिलो पटक हो । चीन सरकारले दिने गरेको आधिकारिक तथ्यांक अनुसार आइतबार पुष्टि भएको संक्र`मण संख्या पछिल्लो पाँच हप्ता यताकै उच्च हो ।

Related Articles

Back to top button
Close