News

आइसोलेसनमा बसेकी २५ वर्षकी युवतीलाइ डाक्टरले नै गरे करणी

काठमाडौं – कोरोनाभाइरसको सं`क्रमण भएको आशंकामा भारतको एक अस्पतालमा भर्ना भएकी एक आप्रवासी युवतीलाई स्वास्थ्यकर्मीले नै करणी गरेपछि अत्याधिक र-क्तश्रा-वका कारण निधन भएको छ । भारतको बिहार राज्यको गयामा अस्पतालमा आइसोलेनसमा उपचाररत उनलाई डाक्टरले नै करणी गरेको परिवारले आरोप लगाएको छ ।केही दिन पहिलेकै घटना भएपनि पीडितकी आमाले प्रहरीमा उजुरी दिएपछि मात्र बाहिर सार्वजनिक भएको हो ।

ती युवतीलाई गयास्थित अनुग्रह नारायण मेगध मेडिकल कलेज तथा अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो ।उनका परिवारले एक स्वास्थ्यकर्मीमाथि करणी र ह-त्या-को आरोप लगाएका छन् । उनले अस्पतालबाट डिस्चार्ज भएपछि अत्याधिक र-क्तश्रा-वका कारण घरमै ज्या-न गुमाएको दावी गरिएको छ ।‘ती २५ वर्षकी पीडित पंजाबको लुधियानाबाट बिहारको गया जिल्लामा आफ्ना श्रीमानको साथमा मार्च २५ मा फर्किएकी थिइन् ।

घर फर्किनुअघि उनले लुधियानामै ग-र्भप-तन गराएकी थिइन् जतिबेला उनको पेटमा केवल २ महिनाको ग-र्भ थियो’ डेक्कन हेराल्डको एक रिपोर्टमा उल्लेख छ ।पारिवारीक दाविअनुसार उनको उपचारमा खटिएका डाक्टरले नै अप्रिल २ र ३ उनलाई करणी गरेका थिए । कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएपछि ४ अप्रिलमा अस्पतालबाट डिस्चार्ज गरिएकी उनको ६ अप्रिलमा निधन भएको थियो ।

प्रहरीले परिवारका सदस्यलाई अस्पतालमा आएर पीडकको पहिचान गर्न आग्रह गरेको छ । अस्पतालमा सुपेरिटेन्डेन्ट डा. भीके प्रसादले आरोप पुष्टि भए उक्त घटना जघन्य अवराध हुने बताएका छन् । उनले अस्पतालका सीसीटिभी फुटेज जाँच गरेर अनुसन्धानमा सहयोग गर्ने आश्वासन समेत दिएका छन् ।

Related Articles

Back to top button
Close