International News

कोरोना भाइरसका कारण पुष्पा घलेको निधन

लन्डन । बेलायतमा कोरोना भाइरस (कोभिड १९) संक्र`मणबाट थप एक जना नेपालीको निधन भएको छ । यो सँगै बेलायतमा मात्रै कोभिड १९ कै कारण निधन हुनेको संख्या करिब दर्जन पुगेको छ । पोखरा घर भई हाल सडवरी टाउन बस्ने पुष्पा घलेको कोरोना भाइरसकै कारण शनिवार निधन भएको छ । उनी एक केयर होममा काम गर्दै आएकी थिइन् ।बेलायतबाट सञ्चालिन नेपाली अनलाइन पत्रिका वीनेपालीका अनुसार ज्वरो, खोकी लागेपछि घरमै आइसोलेसनमा बसेकी अन्दाजी ३९ वर्षीया घले शनिवार अचानक श्वासप्रश्वासमा गाह्रो भएपछि नर्थवीक पार्क अस्पताल भर्ना भएकी थिइन् ।

अस्पताल पुर्याएको करीव ४ घण्टामा घलेको निधन भएको थियो । उनलाई जाँच गरेपछि ‘कोभिड १९’ भएको पुष्टी अस्पतालले गरेको छ । स्वर्गीय घले श्रीमान, छोरासँग लन्डनको सडवरी टाउनमा १० बर्षदेखि बस्दै आएकी थिइन् । छोरा करीव एक बर्षमात्र उमेरको छ ।घलेको निधनसँगै सो घरमा बस्ने परिवारसहित सवै जना ‘आइसोलेसन’ मा छन् । अरुको स्वास्थ्य अवस्था सामान्य रहेको पारिवारीक स्रोतले जनाएको छ ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ का कारण विदेशमा रहेका १४ नेपालीले ज्या-न गुमाएका छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले सङ्कलन गरेको तथ्याङ्क अनुसार कोरोना सङ्क्रमणबाट बेलायतमा ९ , अमेरिकामा पाँच र संयुक्त अरब इमिरेट्समा एक जना नेपालीको ज्या-न गएको छ । सङ्घका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित उच्चस्तरीय समितिअन्तर्गतको स्वास्थ्य समितिले सो तथ्याङ्क सार्वजनिक गरेको हो ।

समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार हालसम्म विभिन्न मुलुकमा रहेका ६६५ गैरआवासीय नेपालीमा कोरोना सङ्क्रमण भएको पुष्टि भइसकेको छ । विदेशस्थित नेपाली नियोग, गैरआवासीय नेपाली सङ्घको शाखा तथा स्थानीय सङ्घसंस्थाद्वारा सङ्कलित सूचनाका आधारमा उक्त तथ्याङ्क सार्वजनिक गरिएको उहाँले जानकारी दिए ।अमेरिकामा ५००, बेलायतमा १००, स्पेनमा १८, युएईमा १०, जर्मनीमा चार, पोर्तुगलमा आठ, अष्ट्रेलियामा नौ, साउदी अरेबियामा चार, कुवेतमा पाँच, जापान, मलेसिया, म्यानमार र हङकङमा एक÷एक नेपालीमा कोरोना सङ्क्र`मण पुष्टि भएको कोभिड–१९ एनआरएनए उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए ।

Related Articles

Back to top button
Close