Corona (COVID-19) Updates

कोरोना भाइरस : १ लाख १४ हजारको मृ`त्यु, ४ लाखभन्दा धेरै उपचारपछि निको

काठमाडौं – साढे ३ महिनादेखि महामारीको रुप लिएको कोरोना भाइरसका कारण वि`श्वभर १ लाख १४ हजार २२१ जनाको मृ`त्यु भएको छ ।वि`श्वका २१० मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसको संक्र`मणबाट सोमबार विहान ७ बजेसम्म १८ लाख ५२ हजार ६ सय भन्दाबढी मानिस संक्र`मित भएका छन् ।

सङ्क्र`मितमध्ये चार लाख २३ हजारभन्दा धेरै मानिस उपचारपछि निको भएका छन् ।कोरोना भाइरसको सङ्क्र`मणले अमेरिकामा मात्रै २२ हजारभन्दा धेरैको मृ`त्यु भएको छ । त्यस्तै पाँच लाख ६० हजारभन्दा धेरै मानिस सं`क्रमित भएका छन् ।अमेरिकापछि इटलीमा १९ हजार आठ सय ९९ जनाको मृ`त्यु भएको छ । त्यहाँ १ लाख ५६ हजार ३६३ जना संक्र`मित भएका छन् ।

स्पेनमा १७ हजार २०९ जनाको मृ`त्यु भएको छ भने १ लाख ६६ हजार ८३१ जनामा संक्र`मण पुष्टि भएको छ । यस्तै फ्रान्समा १४ हजारभन्दा धेरै र बेलायतमा १० हजार ६ सय भन्दाबढीको मृ`त्यु भएको छ ।इरानमा ४ हजार ४ सय भन्दा बढीको मृ`त्यु भएको छ भने बेल्जियममा पनि ३ हजार ६ सय जनाको कोरोना भाइरसकै कारण मृ`त्यु भएको छ ।

सुरुमा कोरोना भाइरसको महामारी फैलिएको मुलुक चीनमा पछिल्लो २४ घण्टामा थप २ जनाको मृ`त्यु भएपछि ज्यान गुमाउनेको संख्या ३ हजार ३४१ पुगेको छ ।

Related Articles

Back to top button
Close