International News

१० करोड बढी आर्थिक सहयोगपछि अब सलमान खानले मजदुरका लागि पठाए ट्रकभरी खाद्य सामग्री

कोरोनाभाइरसका कारण दैनिक ज्यालादारीमा निर्भर मजदुर बढी मारमा छन् । भारतमा यस्ता मजदुरको सहयोगमा विभिन्न सेलिब्रिटी अघि सरेका छन् । तीमध्ये बलिउड नायक सलमान खानले त्यस्ता मजदुरहरुको विशेष ध्यान दिएका छन् । यसअघि सलमानले १६ हजार दैनिक ज्यालादारी मजुरलाई आर्थिक सहयोग गरेका थिए ।

अब उनले फिल्मी उद्योगमा काम गर्ने दैनिक ज्यालादारी मजदुरका लागि ट्रकभरीको खाद्य सामग्री उनीहरुका लागि पठाएका छन् ।सलमानले फिल्मी उद्योगका मजदुरका लागि यसअघि १०.५० करोड आर्थिक सहयोग गरिसकेको भारतीय संचारमाध्यमले जानकारी दिएको छ ।सलमानका सहयोगी बाबा सिद्दीकीले यो ट्रकको तस्बिर सोसल मिडियामा सेयर गरेका छन् ।

खाद्य सामग्रीले भरिएको ट्रकहरुको तस्बिर पोष्ट गर्दै बाबा सिद्दीकीले सलमानलाई धन्यवाद दिँदै लेखे, ‘दैनिक ज्यालादारी श्रमिकप्रति तपाईंको उदार योगदानका लागि धन्यवाद । जब सहयोगको कुरा आउँछ तब तपाईं सबैभन्दा एक कदम अगाडि नै आउनुहुन्छ । र तपाईंले पुनः एकपटक यो प्रमाणित गरिदिनुभएको छ ।’

Related Articles

Back to top button
Close