Corona (COVID-19) Updates

वीरगञ्जमा तीन जना भारतीयमा कोरोनाभाइरसको संक्र`मण

पर्साको वीरगञ्जस्ति नारायणी अस्पतालको आइसोलेसनमा रहेका तीन जना भारतीय नागरिकलाई कोरोनाभाइरस संक्र`मण देखिएको छ । हेटौँडास्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रको प्रयोगशालामा उनीहरुको नमूना परीक्षण गर्दा पोजेटिभ देखिएपछि पुनः परीक्षणका लागि काठमाडौँको टेकुस्थित प्रयोगशालामा पठाइएकोमा त्यहाँ पनि नतिजा पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । वीरगञ्ज महानगरपालिका-2 छपकैयास्थित मस्जिदमा शंकास्पदरूपमा रहेका २१ जनाको परीक्षण गर्दा त्यसमध्ये तीन जना वर्ष ३७, ५५ र ४४ का पुरुषहरूलाई कोभिड-१९ को संक्रमण देखिएको छ ।

उत्तर प्रदेशका वासिन्दा भनिएका उनीहरु वीरगञ्ज वार्ड नम्बर-२ स्थित छप्कैया मस्जिदमा बस्दै आएका थिए । उनीहरुमा कोरोनाभाइरसको लक्षण देखिएपछि वडा २ अध्यक्ष अब्बास मियाँले बिहीबार १ बजे स्वास्थ्य परीक्षणका लागि अस्पताल ल्याएका थिए । पहिलो रिपोर्ट पोजेटिभ आउने बित्तिकै प्रहरीले वीरगन्ज २ छपकैयास्थित श्रीराम हल अगाडी मेनरोडमा रहेको मस्जिदबाट दुई दर्जनभन्दा बढी मुस्लिम धर्मप्रचारकलाई नियन्त्रणमा लिई छप्कैया सिद्धार्थ माविको क्वारेन्टाइनमा पठाएको छ ।

‘हेटौँडाको ल्याबमा गरिएको परीक्षण शंकास्पद आएको भन्ने सुनिएपछि वडा अध्यक्षसँगको समन्वयमा ३ जनालाई यहाँ बोलाइएको हो,’ मेसु डा. उपाध्यायले भने, ‘शनिबार बेलुकासम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट फाइनल रिर्पोट आएपछि कन्फर्म हुन्छ ।’ शनिबार टेकुको प्रयोगशालामा पनि उनीहरुको नतिजा पोजेटिभ नै आएको छ !

कोरोना पोजेटिभको आशंकामा नारायणी अस्पतालको आइसोलेशन वार्डमा रहेका तीनैजनाले मनोमानी गर्न थालेपछि प्रहरीले कडा निगरानी बढाएको छ ।उनीहरूले मनोमानी गर्न थालेपछि अस्पतालका मेसु, डा. मदन उपाध्यायले स्वंय प्रहरी लगाएर आइसोलेशन वार्डको कोठामा थुनेर बाहिरबाट ताल्चासमेत लगाएका थिए ।

Related Articles

Back to top button
Close